शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले गण्डकी प्रदेश कमिटी ४०८ सदस्यीय बनाइयो

मङ्गलबार, २३ कात्तिक २०७८, २१ : ५१
मङ्गलबार, २३ कात्तिक २०७८

नेकपा एमाले गण्डकीले प्रदेश कमिटी सहित सचिवालय विस्तार गरेको छ । नेपाल कम्युनिष्ट पार्टीको खारेजी भएर एमाले ब्यूँतिएपछि १०८ जना सदस्य रहेको गण्डकी प्रदेश कमिटीमा थप ३ सय सदस्य सहित ४०८ सदस्य पु-याइएको हो ।
त्यस्तैगरी, पहिले १४ सदस्य रहेको सचिवालयलाई समेत थप ५३ जना थपेर ६७ सदस्य बनाइएको छ । पोखरामा दुई दिनदेखि जारी प्रदेश कमिटी बैठकले ५३ जनालाई सचिवालय सदस्यमा मनोनीत गरेर ६७ सदस्य बनाएको हो ।
प्रदेश कमिटीमा मनोनयन हुनेमा कास्कीबाट ९९ जना रहेका छन् । बागलुङबाट ४७, पर्वत १५, स्याङ्जा ४६, तनहुँ २०, नवलपुर १९, मुस्ताङ ११ जना, म्याग्दी १४, लमजुङ ९,मनाङ २ र गोरखाबाट १८ जना मनोनयन गरिएको छ ।
महाधिवेशन प्रतिनिधिमै ३३ प्रतिशत महिला अनिवार्य गरेको एमालेले प्रदेशमा १३ प्रतिशत र सचिवालयमा १० प्रतिशत मात्र महिलालाई मनोनयन गरेको छ ।

महाधिवेशन पछि गण्डकीमा १४० निर्वाचित र २८ जना मनोनीत हुनेछन् । विधान अनुसार ५० जना सदस्य सहित प्रतिनिधिसभाको निर्वाचन क्षेत्रबाट ५/५ जनाका दरले निर्वाचित हुने छन् ।
महाधिवेशनमा प्रदेश कमिटीबाट दुई महिला सहित पाँच जना महाधिवेशन प्रतिनिधि मनोनीत हुने छन् । 

गण्डकी प्रदेशमा एमाले पार्टीमा ७८ हजार ९३५ जना संगठित सदस्य छन् । त्यसमध्ये कास्कीमा १७ हजार ४८६ जना, मुस्ताङमा ५२५, म्याग्दीमा ३ हजार ७३७, बागलुङ ५ हजार २०५, तनहुँ ६ हजार १०४, लमजुङमा ६ हजार ४३२, पर्वत ६ हजार ७६० जना रहेका छन् । त्यसैगरी गोरखामा ७ हजार ६४४, नवलपुर ११ हजार २१५, स्याङ्जामा १३ हजार ६४८ र मनाङमा १७९ जना रहेका छन् ।  

गण्डकी प्रदेशबाट महाधिवेशनमा प्रतिनिधि छनोट हुनेमा १४६ जना मध्ये म्याग्दीबाट ८,बागलुङ १०, तनहुँ ११, लमजुङ १२,पर्वत १२, गोरखा १४, नवलपुर १८, स्याङ्जा २१, कास्कीमा २५ जना,मनाङ र मुस्ताङबाट पाँच/पाँच जना  हुनेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप