बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

चीनमा कोरोनाविरुद्ध दुई अर्ब ३३ करोड ८० लाख डोज खोप लगाइयो

मङ्गलबार, २३ कात्तिक २०७८, २१ : १८
मङ्गलबार, २३ कात्तिक २०७८

चीनभर कोरोना भाइरसविरुद्ध दुई अर्ब ३३ करोड ८० लाख डोज खोप लगाइएको यहाँको ‘नेशनल हेल्थ कमिसन’ले मङ्गलबार जानकारी दिएको छ । चीनमा विश्वको तुलनामा सब भन्दा बढी कोरोनाविरुद्ध खोप लगाउने देशको रुपमा परेको छ ।
  
सन् २०१९ को डिसेम्बरबाट चीनको हुबे प्रान्तको वुहान शहरबाट कोरोना भाइरसको महामारी शुरु भएको थियो । सो समयदेखि हालसम्म  विश्वभरी २५ करोड ११ लाख भन्दा बढी व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् भने ५० लाख ७३ हजार भन्दा बढी व्यक्तिको यसको सङ्क्रमणको कारण मृत्यु भएको छ । यद्यपी २२ करोड ७४ लाख ६ हजार भन्दा बढी व्यक्ति कोरोना मुक्त भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप