कर्मचारीले काम गर्न छाडेपछि चार महिनादेखि स्वास्थ्य संस्था बन्द
हुम्लाको खार्पुनाथ गाउँपालिका–५ दुर्पा गाउँस्थित सामुदायिक स्वास्थ्य संस्था चार महिनादेखि बन्द छ । यहाँ कार्यरत दुई कर्मचारीले काम गर्न छाडेपछि उक्त संस्था बन्द भएको हो । कर्णाली प्रदेश मातहतको सो स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीले तलब नपाएपछि गत साउनमा उनीहरुले स्वास्थ्य संस्था छाडेका थिए । गाउँपालिकाले समेत त्यसप्रति ध्यान नदिँदा स्थानीयवासी उपचारबाट वञ्चित छन् । स्थानीय जसबहादुर रोकायाका अनुसार स्वास्थ्य संस्था बन्द हुँदा यहाँका बासिन्दा खर्पेगाउँ स्वास्थ्य चौकी र सदरमुकाम सिमकोटस्थित जिल्ला अस्पताल धाउन बाध्य छन् ।
“सामान्य बिरामी हुँदा पनि घण्टौँ हिँड्नुपर्ने बाध्यता छ”, उनले भने । स्वास्थ्य चौकीका लागि प्रदेश सरकारले एक एक अहेब र अनमी खटाएको छ । उनीहरुले तलब पाउन नसक्दा काम गर्न छाडेका हुन् । खर्पेगाउँ स्वास्थ्य चौकीबाट एक कर्मचारी खटाए पनि उनले काम गर्न सकेका छैनन् । प्रदेश सरकारले साउनदेखि तलब दिन नसक्दा स्वास्थ्यकर्मी बेरोजगार बनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभामुख संसदीय मर्यादामा नबसेको कांग्रेसको निष्कर्ष
-
फरक पार्टीमा लागेकाहरूलाई मूलधारमा फर्कन उपेन्द्र यादवको आह्वान
-
सहकारी प्रकरणबारे छानबिन समिति गठन हुनुपर्ने मागमा पाँच दल एकमत
-
कांग्रेसको अवरोधका बिच सदन चलाएरै छाड्ने ओलीको दाबी
-
१० बजे, १० समाचार
-
वीरगञ्जमा मेयर सिंहका समर्थक र कांग्रेस कार्यकर्ताबिच घम्साघम्सी