बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

मोतीपुर घटना : मृतकका परिवारलाई जनही ५ लाख दिने निर्णय

मङ्गलबार, २३ कात्तिक २०७८, २० : ०४
मङ्गलबार, २३ कात्तिक २०७८

रुपन्देहीको मोतीपुर औद्योगिक करिडोर घटनाका मृतक परिवारलाई जनही ५ लाख राहत उपलब्ध गराइने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले मंगलबार जानकारी दिए । यसअघि नै सरकारले मृतकका परिवारलाई किरिया खर्च स्वरूप ५० हजार दिइसकेकोमा मन्त्रिपरिषद्ले थप ५ लाख दिने निर्णय गरेको हो । 

गत असोजमा भएको मोतीपुर घटनामा चार जनाको मृत्यु भएको थियो । औद्योगिक क्षेत्रको सरकारी जग्गा अतिक्रमण गर्ने क्रममा प्रहरीसँग भएको झडपमा सो घटना हुन पुगेको थियो । प्रहरीले  मोतीपुर घटनाका मुख्य अभियुक्त भन्दै साविर अलि मुसलमानलाई पक्राउ गरिसकेको छ ।  मोतीपुर घटना र औद्योगिक क्षेत्रको सरकारी जग्गा अतिक्रमण गर्ने कार्यमा प्रत्यक्ष संलग्न भएको आरोपमा उनीमाथि छ  कपिलवस्तु जिल्ला शुद्धोधन गाउँपालिका ६ स्थायी घर भएका मुसलमान रुपन्देहीको बुटवल उपमहानगरपालिका ११ मा डेरामा बस्दै आएका थिए । यस्तै मोतीपुर घटनाका मृतकका परिवारलाई लुम्बिनी प्रदेश सरकारले पछि एक लाख दिने निर्णय गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप