मोतीपुर घटना : मृतकका परिवारलाई जनही ५ लाख दिने निर्णय
रुपन्देहीको मोतीपुर औद्योगिक करिडोर घटनाका मृतक परिवारलाई जनही ५ लाख राहत उपलब्ध गराइने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले मंगलबार जानकारी दिए । यसअघि नै सरकारले मृतकका परिवारलाई किरिया खर्च स्वरूप ५० हजार दिइसकेकोमा मन्त्रिपरिषद्ले थप ५ लाख दिने निर्णय गरेको हो ।
गत असोजमा भएको मोतीपुर घटनामा चार जनाको मृत्यु भएको थियो । औद्योगिक क्षेत्रको सरकारी जग्गा अतिक्रमण गर्ने क्रममा प्रहरीसँग भएको झडपमा सो घटना हुन पुगेको थियो । प्रहरीले मोतीपुर घटनाका मुख्य अभियुक्त भन्दै साविर अलि मुसलमानलाई पक्राउ गरिसकेको छ । मोतीपुर घटना र औद्योगिक क्षेत्रको सरकारी जग्गा अतिक्रमण गर्ने कार्यमा प्रत्यक्ष संलग्न भएको आरोपमा उनीमाथि छ कपिलवस्तु जिल्ला शुद्धोधन गाउँपालिका ६ स्थायी घर भएका मुसलमान रुपन्देहीको बुटवल उपमहानगरपालिका ११ मा डेरामा बस्दै आएका थिए । यस्तै मोतीपुर घटनाका मृतकका परिवारलाई लुम्बिनी प्रदेश सरकारले पछि एक लाख दिने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १० जना पक्राउ
-
तनाव भगाउन चाहनु हुन्छ ? शरीरमा यसरी बढाउनुस् ह्याप्पी हर्मोन
-
सङ्घीयता मजबुत नभएकोमा सभामुखहरू एकमत, पोखराबाट ७ बुँदे घोषणा जारी
-
ओस्कारको दौडबाट बाहिरियो ‘लापता लेडिज’
-
जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ
-
त्रिविको जग्गा हिनामिना गर्ने जो भए पनि कानुनी कारबाहीको दायरामा आउँछन्: प्रधानमन्त्री