बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

बैंकर्स संघको नयाँ कार्यसमिति घोषणा,अध्यक्षमा उपाध्याय

मङ्गलबार, २३ कात्तिक २०७८, २० : ००
मङ्गलबार, २३ कात्तिक २०७८

नेपाल बैंकर्स संघको नयाँ कार्यसमिति घोषणा भएको छ । संघको अध्यक्षमा अनिलकुमार उपाध्याय निर्विरोध चयन भएका छन् । नव निर्वाचित अध्यक्ष कृषि विकास बैंकका कार्यकारी अधिकृत हुन् भने संघका निवर्तमान उपाध्यक्ष समेत हुन् ।

यस्तै संघको उपाध्यक्षमा एनएमबी बैकका सिईओ सुनिल केसी चयन भएका छन् । यस्तै अन्य सदस्यहरुमा अजय विक्रम शाह,अनुपमा खुन्जेली, दिपकुमार डे, कृष्णबहादुर अधिकारी, रोशन न्यौपाने, सन्तोष कोइराला र सुमन शर्मा चयन भएका छन् । नयाँ कार्यसमितिको समयावधि अबको दुई वर्ष हुनेछ । यसअघिका संघका अध्यक्ष भुवन दाहाल आफ्नो दुई वर्षे कार्यकाल पूरा गरेर विदा भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप