आइतबार, २३ असार २०८१
ताजा लोकप्रिय

छठका लागि सिँगारियो गौरीघाट

मङ्गलबार, २३ कात्तिक २०७८, १९ : ५७
मङ्गलबार, २३ कात्तिक २०७८

छठ पर्वका लागि पशुपतिस्थित गौरीघाटलाई भव्य रूपमा सिँगारिएको छ । घाट बनाउने, बत्ती जडान गर्ने, नदी सफाइ गर्नेलगायत मुख्य काम सम्पन्न भइसकेको गुह्येश्वरी गौरीघाट छठ समितिका अध्यक्ष अनिल सिंहले रातोपाटीसँग बताए । छठ पर्वमा सरिक हुन राष्ट्रपति विद्यादेवी भण्डारी भोलि ३ बजे गौरीघाट जाने कार्यक्रम छ ।

सूर्यको उपासना गरेर छठ पर्व मनाइन्छ । यस व्रतलाई निकै कठोर मानिन्छ । व्रतालुहरूले पवित्र स्नान, उपवास, पानीसमेत नपिउने, लामो समयसम्म पानीमा खडा हुने, प्रार्थना प्रसाद र अर्घ्य दिने गर्छन् । व्रत सुरु भइसकेको छ । व्रतालुहरूले भोलि साँझ अस्ताउँदो सूर्य र पर्सि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि मात्रै व्रत तोड्ने गरेका छन् ।

भारतको बिहार र नेपालको तराईका जिल्लामा प्राचिनकालदेखि नै छठलाई मुख्य पर्वका रूपमा मनाइँदै आइएको छ । पछिल्लो समय राजधानी काठमाडौँसहित धेरै स्थानमा पहाडिया समुदायले पनि यो पर्व मनाउने गरेका छन् । "विगतमा यहाँ दुई लाखदेखि ३ लाखको हाराहारीमा मानिसहरू जम्मा हुने गरेका थिए । यहाँ आउनेमध्ये झन्डै ३० प्रतिशत पहाडिया समुदायबाट छन् । कोरोनाका कारण गत वर्ष श्रद्धालुहरूले घरबाटै अर्घ्य दिनुभयो । यसपटक पनि सङ्ख्या केही कम हुनसक्ने हाम्रो अनुमान छ," सिंहले भने ।  छठ पर्वलाई हिन्दूमात्र नभएर नेपाल र भारतको बिहारमा मुस्लिम समुदायले समेत उत्तिकै श्रद्धाका साथ मनाउने गरेको सिंहले बताए । 

त्यस्तै कमलपोखरीमा छठका लागि तयारी गरिँदै छ । हेरौँ गौरीघाट र कमलपोखरीका तस्बिर :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप