आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

पाँच दलीय गठबन्धन समन्वय समितिमा माओवादीबाट प्रचण्ड र नारायणकाजीलाई पठाइने

मङ्गलबार, २३ कात्तिक २०७८, १८ : १०
मङ्गलबार, २३ कात्तिक २०७८

 पाँच दलीय गठबन्धन समन्वय समितिमा माओवादीको तर्फबाट पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठलाई पठाइने भएको छ । मंगलबार माओवादी पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादी स्थायी समिति बैठकले प्रचण्ड र श्रेष्ठलाई पठाउने निर्णय भएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

पाँच दलीय गठबन्धनको सोमबार बसेको बैठकले समन्वय समिति गठन गरेको थियो । जसअनुसार ५ दलबाट दुई–दुई जनाको प्रतिनिधित्व रहनेछ भने थप एक जना सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीलाई पनि राखिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप