आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

दिल्लीमा प्रधानसेनापति र भारतीय सेनाध्यक्षबीच भेटवार्ता (तस्बिरहरु)

मङ्गलबार, २३ कात्तिक २०७८, १८ : ००
मङ्गलबार, २३ कात्तिक २०७८

भारतको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति प्रभुराम शर्माले र भारतीय स्थल सेनाध्यक्ष  मनोज मुकन्द नरवणेबीच दिल्लीमा भेटवार्ता भएको छ । उक्त भेटवार्ताका क्रममा उनीहरुबीच आपसी हित र पारस्परिक सम्बन्धका विषयमा द्विपक्षीय छलफल भएको नेपाली सेनाले जनाएको छ ।  उक्त छलफल पश्चात प्रधान सेनापति शर्मालाई भारतीय सुरक्षा दृष्टिकोणबारे प्रस्तुतिकरण समेत गरीएको थियो । 

सो अघि प्रधानसेनापतिले राष्ट्रिय समर स्मारकमा वीर शहीदहरुको सम्मानमा पुष्प गुच्छा अर्पण गरेका थिए ।  त्यसै गरी उनको सम्मानमा भारतीय सेनाको एक टुकडीले सम्मान गारत अर्पण समेत गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप