बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

विराटनगरमा छठको रौनक, तस्बिरमा हेर्नुहोस्

मङ्गलबार, २३ कात्तिक २०७८, १७ : ५२
मङ्गलबार, २३ कात्तिक २०७८

तराईमा हर्षोल्लासका साथ मनाइने छठपर्वको रौनक छाएको छ । छठ पूजाका लागि उपभोक्ताहरू आवश्यक सामग्रीलगायत किनमेल गर्न व्यस्त छन् । अहिले विराटनगका मुख्य बजार क्षेत्रमा छठ पूजाका लागि चाहिने सामग्री, हरिया तरकारी र फलफूल किन्नेको निकै भीडभाड देख्न सकिन्छ । लक्ष्मी पूजाको चार दिनपछि अर्थात कार्तिक शुक्ल पक्षको चौथी तिथिका दिनबाट छठपर्व विधिवत रूपमा आरम्भ हुन्छ । 

खासगरी छठ पूजामा छठी मातालाई अर्पण गरिने प्रसादमा स्याउ, केरा, सुन्तला, पानी भएको नरिवल, उखु, हरियो बोडी, पानी सिङ्गडा, मुला, अदुवाको बोट पर्छन् । यो समय माटो तथा बाँसका सामग्री खरिदसमेत गरिन्छ ।
अहिले छठपर्व मनाउनेहरू पोखरीको डिल र नदीतटको सरसफाइ गर्दै आफ्ना लागि पूजा स्थल सुरक्षित बनाउन जुटेका छन्। 
घाटमा लाखौँ रकम खर्चेर सरसफाइ, सजावट र व्यवस्थापनका लागि काम पनि धमाधम भइरहेको छ ।

विराटनगरको सिंघिया, केसेलिया, सुनसरी मोरङको सिँचाइ आयोजनाको नहर, पोखरीजस्ता स्थानमा सूर्य देवता र छठी माताको पूजा आराधनाका लागि विशेष साजसज्जा गर्न थालिएको छ । सोमबारदेखि सुरु भएको पर्वअन्तर्गत बुधबार साँझ अस्ताउँदो सूर्यलाई र बिहीबार उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि सम्पन्न हुन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप