मोरङ कारागारमा झडप प्रकरण : १४ जनाको सरुवा
मोरङ कारागारबाट एकै दिन चौकीदारसहित १४ जनालाई जेल सरुवा गरिएको छ । कारागारका चौकीदार, नाइके र अन्य कैदीबन्दीबीच विवाद भई झडपको अवस्था आएपछि ५ जनालाई सुनसरीको झुम्का र ९ जनालाई झापा जिल्ला कारागारमा सरुवा गरिएको हो ।
निमित्त जेलर रामप्रसाद पोखरेलले मंगलबारको झडपमा घाइते भएका चौकीदार किरण गुरुङसहित १४ जना नाइके र भाइ नाइकेहरुहरुलाई अन्यत्र कारागारमा सरुवा गरिएको बताए ।
कारागार प्रशासनले चौकीदार गुरुङसहित शेखर राई, सूर्यदीप गुप्ता, निर्मल ढकाल र पदमकुमार लिम्बुलाई झुम्का कारागारमा सरुवा गरेको छ । यस्तै नाइके र भाइ नाइकेहरू एलएक्स नेपाली, रामबहादुर लिम्बू, रोशन दाहाल, डिल्ली देवान, कपिलकुमार साह, विशाल तामाङ्ग, रमेश मण्डल, बबिहाङ राई र राजु राईलाई झापा जिल्ला कारागार पठाइएको जेलर पोखरेलले जानकारी दिए ।
चौकीदार गुरुङको सरुवा भएपछि तत्कालका लागि कार्तिक कामतलाई चौकीदारको जिम्मेवारी दिइएको पोखरेलले जानकारी दिए ।
कामत ज्यान मार्ने उद्योगमा जेल परेका हुन् । उनी मोरङ कारागारमा १७ वर्षदेखि रहँदै आएका छन् । चौकीदार गुरुङको निर्देशनमा नाइके र भाइ नाइकेहरूले कैदीबन्दीहरुलाई यातना दिएको आरोपमा दुई पक्षबीच बिहान १० बजेतिर झडप भएको थियो । झडपमा परि चौकीदार गुरूङसहित ६ जना कैदीबन्दी घाइते भएका थिए ।
चौकीदार गुरुङले कारागारभित्र मनोमानी गर्ने र कैदीबन्दीलाई चरम यातना दिने गरेको भन्दै उनको समूहसँग अरु कैदीबन्दी रुष्ट बनेका थिए । त्यसै विषयमा विवाद हुँदा दुई पक्षबीच मंगलबार झडप भएको थियो ।
निमित्त जेलर पोखरेलले घटनाका बारेमा थप बुझ्ने प्रयास भइरहेको बताए । उनका अनुसार चौकीदारको समूहविरुद्ध अरु कैदीबन्दी आन्दोलित भएका थिए ।
मोरङ कारागारमा ८९७ जना कैदीबन्दी रहेका छन् । जसमा ७२ महिला रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण