बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

अरुण नदीमा पक्की पुल बन्छ : मुख्यमन्त्री राई

मङ्गलबार, २३ कात्तिक २०७८, १६ : २४
मङ्गलबार, २३ कात्तिक २०७८

प्रदेश नं १ मुख्यमन्त्री राजेन्द्रकुमार राईले भोजपुर र सङ्खुवासभा जोड्ने अरुण नदीमा पक्की पुल निर्माण गरिने बताएका छन् । सङ्खुवासभाको तुम्लिङटारका आज पत्रकारसँग कुराकानी गर्दै उनले  भोजपुर जिल्लाको षडानन्द नगरपालिका र सङ्खुवासभाको खाँदबारी नगरपालिका जोड्ने अरुण नदीको लम्सुवाघाटमा पक्की पुल निर्माण गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताएका हुन् । उनले आफ्नै कार्यकालमा पक्की पुल बनाउने विश्वास दिलाए । 

अरुण नदीमा पक्की पुल नहुँदा भोजपुरवासीले निकै सास्ती भइरहेको उल्लेख गर्दै मुख्यमन्त्री राईले सङ्घीय सरकारले १० वर्षअघि शिलान्यास गरेको लम्सुवाघाटको पक्की पुल अहिलेसम्म बन्न नसक्नु दुःखद भएको बताए । उनले अघिल्लो सरकारले थालेका राम्रो कामलाई पूरा गर्ने प्रतिवद्धता पनि व्यक्त गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप