आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

१६ हजार ७३६ जनामा भएको परीक्षणमा ५३३ जनामा संक्रमण पुष्टि

मङ्गलबार, २३ कात्तिक २०७८, १६ : १७
मङ्गलबार, २३ कात्तिक २०७८

पछिल्लो २४ घण्टामा ५३३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । कुल १६ हजार ७३६ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोही अवधिमा १ जनाले ज्यान गुमाउँदा ४८४ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमित ७ हजार ६१२ जना रहेका छन् । 

यसैबीच हालसम्म कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख १५ हजार ३७२ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९४ हजार ९२६ जना पुगेको छ । यस्तै हालसम्म ७ लाख ९६ हजार ३०६ जना निको भएका छन् । यसैगरी हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ४५४ पुगेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप