शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

छ व्यापारिक फर्मलाई ३० हजार जरिवाना

मङ्गलबार, २३ कात्तिक २०७८, १५ : २०
मङ्गलबार, २३ कात्तिक २०७८

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ६ वटा व्यापारिक फर्मलाई कारबाही गरेको छ । विभागले मिठाई तथा फलफूल पसलमा अनुगमन गर्दै उपभोक्ता ठगेको पाइएपछि कारबाही गरेको हो । भक्तपुरको धनुषा एण्ड धनुषा मिठाई भण्डार, शेखधर मिठाई पसल र गुप्ता एण्ड स्वीट्स हाउसलाई प्रति पसल ५÷५ हजारका दरले जरिवाना गरेको छ । यस्तै, भक्तपुरकै माँ लक्ष्मी फ्रुट सेन्टर र ललितपुरको माँ वैष्णदेवी फ्रुट जुस सेन्टर तथा निशा फ्रुट सपलाई जरिवाना गरेको विभागले जानकारी दिएको छ । 

तीन वटा मिठाई र तीन वटा फलफुल पसलबाट ५/५ हजारका दरले ३० हजार रुपैयाँ जरिवाना गरेको हो । यी सबै व्यापारिक फर्मले उपभोक्ता ठगेको विभागले जानकारी दिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप