नेप्सेमा ७९ अंकको पहिरो, कारोबार साढे ६ अर्ब नाघ्यो
मङ्गलबार, २३ कात्तिक २०७८, १५ : १६
सेयर बजार परिसूचक नेप्सेमा मंगलबार एकैदिन अधिकतम ७९ अंक माथिको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से ७९.७९ अंकले घटेर २७ सय ४९ दशमलव ८५ विन्दुमा झरेको हो ।
गत सोमबार यस्तो सूचक १९.२० अंकले घटेर २८ सय २९ दशमलव ६४ विन्दुमा अडिएको थियो ।
त्यसो त यस दिन ‘क’ वर्गका सेन्सेटिभ इन्डेक्स समेत १६.०२ अंकले घटेर ५१२ दशमलभ ८२ विन्दुमा झर्न पुगेको छ । आज सबैजसो उपसूचकहरु ऋणात्मक (नेगेटिभ) भएर बजार नै राताम्मे भएको छ । तर, करिब ८० अंकले नै घटेको बजारमा आज कारोबार रकम भने साढे ६ अर्ब माथि भएको छ ।
नेप्सेका अनुसार आज एक करोड १९ लाख कित्ता माथि सेयर बजारमा एक लाख भन्दा बढी पटक किनबेच हुँदा कुल ६ अर्ब ५२ करोड ७७ लाख रुपैयाँको कारोबार भएको छ । गत सोमबार १९ अंकले घटेको बजारमा ४ अर्ब ४२ करोडको कारोबार भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
-
इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
-
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र
-
अमेरिकी जहाज निर्माण अनुसन्धान ‘झुटो आरोपले भरिएको छ’– चीन
-
दोलखामा पूर्वसुरक्षाकर्मी परिषद् बिस्तार अभियान