नेप्सेमा ७९ अंकको पहिरो, कारोबार साढे ६ अर्ब नाघ्यो
मङ्गलबार, २३ कात्तिक २०७८, १५ : १६
सेयर बजार परिसूचक नेप्सेमा मंगलबार एकैदिन अधिकतम ७९ अंक माथिको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से ७९.७९ अंकले घटेर २७ सय ४९ दशमलव ८५ विन्दुमा झरेको हो ।
गत सोमबार यस्तो सूचक १९.२० अंकले घटेर २८ सय २९ दशमलव ६४ विन्दुमा अडिएको थियो ।
त्यसो त यस दिन ‘क’ वर्गका सेन्सेटिभ इन्डेक्स समेत १६.०२ अंकले घटेर ५१२ दशमलभ ८२ विन्दुमा झर्न पुगेको छ । आज सबैजसो उपसूचकहरु ऋणात्मक (नेगेटिभ) भएर बजार नै राताम्मे भएको छ । तर, करिब ८० अंकले नै घटेको बजारमा आज कारोबार रकम भने साढे ६ अर्ब माथि भएको छ ।
नेप्सेका अनुसार आज एक करोड १९ लाख कित्ता माथि सेयर बजारमा एक लाख भन्दा बढी पटक किनबेच हुँदा कुल ६ अर्ब ५२ करोड ७७ लाख रुपैयाँको कारोबार भएको छ । गत सोमबार १९ अंकले घटेको बजारमा ४ अर्ब ४२ करोडको कारोबार भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण