ad

कश्यपको कथा : हाँसो नैसर्गिक अधिकार हो

person explore access_timeकात्तिक २३, २०७८ chat_bubble_outline0

अघि कुनै बेला एउटा गाउँमा एकजना विनोदप्रेमी सामन्त थिए । उनी गाउँमा अनेक किसिमका प्रतियोगिता आयोजना गरी आफू पनि प्रशन्न रहन्थे र अरूलाई पनि प्रशन्न गराउने प्रयास गर्थे । त्यस्तैमा एकपटक उनलाई हाँस्ने प्रतियोगिता आयोजना गराउन मन लाग्यो र सोही अनुसार घोषणा गराए । 


तोकिएको समयमा प्रतियोगिता सुरू भयो । सहभागीहरू जोरले हाँस्न लागे । प्रतियोगितामा स्वयं सामन्तको छोरासमेत सहभागी थिए । संयोग भनौँ वा विधिविडम्बना उनी यति बढी हाँसे कि यसैका कारण उनको मृत्यु भयो । अब सामन्तलाई आपद प¥यो । खुसीको लागि आयोजना गरिएको प्रतियोगिता शोकमा परिणत भयो । लामो समयसम्म उनी शोकबाट बाहिर आउनै सकेनन् । जब आए तब आइन्दा गाउँमा कसैले पनि हाँस्न पाउने उर्दी जारी गराए ।



यहाँ सामन्तको उद्देश्य नराम्रो थिएन । जब कोही हाँसेको देख्थे तब छोराकोे सम्झना भएर पीडा बल्झिने गथ्र्यो । त्यस्तो नहोस् भनेर नै यस्तो निर्णय गरेका थिए तर गाउँलेहरूलाई भने यही नै दुःखको कारण बन्न पुग्यो । जीवनलाई सहज बनाउन हाँसो आवश्यक हुन्छ तर यहाँ त्यही बन्द भएको थियो, जसका कारण पूरा गाउँ नै शोकमग्न देखिन थाल्यो । 



भाइभारदारलाई लाग्यो यो त अति नै हो तर गरुन् पनि के । हाँसो खुलाउन लागेशक्ति प्रयास गरेकै हुन् । सामन्तलाई हदैसम्म दवाव दिने काप पनि नगरेका होइनन् तर उनले सुन्ने कान लगाएनन् । जति नै प्रयास गर्दा पनि केही नलागेपछि भारदारहरू समस्याको पोको लिएर चतुर्भुज शर्मा (चतुरे) समक्ष पुगे । उनीहरूको कुरा सुनिसकेपछि चतुरेले चाडै नै समाधान निकल्ने आश्वासन दिँदै विदा गरी एकजना सहयोगीको कान फुकेर पठाए । 



समय बित्दै गयो एकदिन बिहानैदेखि अचानख गाउँको बीचमा रहेको सिमलको रुख जोरले हाँस्न थाल्यो । रुख हाँसेको देखेर त्यसबाट जति जना जान्थे सबै एक्लै हाँस्दै हिँड्ने गर्थे । उनीहरूलाई हाँस्न मनाइ छ भन्ने थाहा नभएको होइन । तैपनि के हुन्थ्यो कुन्नि जब रुख हाँसेको सम्झन्थे तब एकाएक हाँस्न पुगिरहेका हुन्थे ।



बिस्तारै यो कुरा फैलिएर गाउँभरी पुग्यो । गाउँलेहरू जब अर्को एक्लै हाँसेको देख्थे तब आफू पनि एक्लै हाँस्न थाल्थे । हुँदाहुँदा यसले भारदारहरूलाई पनि छाडेन । उनीहरू पनि एक्लाएक्लै हाँस्दै दरवारी सभामा प्रवेश गर्न थाले । जति भारदार आउँथे सबैको हालत एउटै देखेर सामन्तको पनि हाँसो फुत्कियो । उनी पनि एक्लै जोरले हाँस्न थाले । सायद पूर्व निर्णय सम्झेछन् क्यारे तत्कालै संयमित हुँदै भने–



‘अनर्थ, अनर्थ, घोर अनर्थ । भन्नुहोस् यस्तो धृष्टता किन गर्नुभयो ?’

सभासदहरू मुखामुख गर्न थाले । सबै अरू हाँसेको देखेर नै हाँसेका थिए । उनीहरूले सामन्तलाई यथार्थ कुरा बताए । 

त्यसपछि सुरूमा हाँस्ने व्यक्तिको खोजी हुन थाल्यो । जति पनि भेटिन्थे सबै अर्कोलाई देखाउँथे । एकपछि अर्को गर्दै केरकार गर्दै जाँदा त्यही व्यक्तिसम्म पुगियो, जो पहिले हाँसेका थिए । केरकार गर्दा थाहा भयो उनी पनि सिमलको रुख हाँसको देखे हाँसेका रहेछन् ।

अनि भारदार टोली सिमलको रुखसमक्ष पुगे, जो त्यतिबेला पनि हाँसिरहेको थियो । मान्छे हेर्दा देखिँदैन थियो तर हाँसो भने एकनाशले आइरहेको थियो । अन्त्यमा सिमलको रुखमै कुनै रहश्य हुनुपर्छ भन्ने निधो गरी फेदमा आगो फुक्न थाले । धुवाले उकुसमुकुस भएपछि एक जना सज्जन रुखको टोड्काबाट बाहिर निस्केर चित्याउन लागे ।

उनलाई सामन्तसमक्ष पेश गरियो । उनले पनि चतुरेको ईसारामा यस्तो भएको साबिती बयान दिए । त्यसपछि चतुरेलाई बोलाएर सामन्त आफैँले केरकार गर्दै भने–

‘भन्नुहोस् चतुर्भुजजी ! यस्तो अपराध किन गर्नुभयो ।’

चतुरेले विनम्रतापूर्वक भने–

‘अपराध होइन महाराज ! हजुरकै सेवा गरेको हुँ ।’

‘मेरै आज्ञा उल्लङ्घन गर्ने अनि मेरै सेवा गरेको बाहाना गर्ने ?’

‘बाहाना होइन सरकार ! यथार्थ नै हो ।’

‘कसरी ? तत्कालै प्रष्ट पार्ने छौ, होइन भने दण्डित गर्नेछु ।’

चतुरेले नालीबेली लगाउँदै भने–

‘महाराज ! हाँसो मानिसको प्रकृति प्रदत्त गुण हो । हाँस्दा अनेक किसिमका रोग आफैँ निको भइरहेका हुन्छन् र मानिसले दीर्घ जीवन पाउँछन् । यसै निम्ति नै प्रकृतिले मानिसलाई हाँसो दिपठाएको हो । जसरी मानिसलाई रुन सिकाउनुपर्दैन त्यसैगरी हाँस्न पनि सिकाउनुपर्दैन । यो जन्मदै साथ आएको हुन्छ र मर्ने बेलासम्म पनि साथैरन्छ । प्रकृतिमा अन्य प्राणीको भन्दा मानिसको आयु बढी हुनुको मूल कारण भनेकै यही हो । मानिसबाहेकका प्राणी हाँस्न सक्दैनन् त्यसैले उनीहरूको आयुृ छोटो हुन्छ तर मानिसको अवस्था भिन्नै छ ।’

‘यसको अर्थ प्रकृतिमा मानिस बाहेक लामो आयु भएका अन्य प्राणी हुँदैनन् भन्ने बुझौ ?’

‘त्यसो पनि होइन महाराज !’

‘कसो हो त ?’

‘अपवादमा हुन्छ केही प्राणी तर ती वायु आहार गरेर पनि बाँच्न सक्छन् ।’

‘यो त बुझियो ।  यसबाट मेरो सेवा चाहिँ कसरी भयो नि ?’

‘किन भएन सरकार !’

‘त्यही त भनेको, कसरी भयो ?’

‘गाउँ हजुरको भएपछि गाउँले पनि हजुरकै होइनन् र ?’

‘हो नि । यो पनि प्रश्न हो र ?’

‘यसको अर्थ गाउँलेहरू खुसी भए भने तपाईँ पनि खुसी हुनुहुन्छ होइन ?’

‘यो पनि सही हो ।’

‘त्यसो भए हाँस्नु पनि हजुरकै सेवा भएन त ?’

बल्ल सामन्तको होस खुल्यो । उनले ठूलै धनराशि पारितोषिक दिएर चतुरेलाई विदा गरे र गाउँलेहरूसित माफी माग्दै भने–

‘पुत्रशोकले अन्धो बनाएकाले ठूलै गल्ती भएको रहेछ । यसका लागि सर्वप्रथम तपाईँहरूसित माफी माग्छु र यही सभाबाट आइन्दा सबैको हाँस्न पाउने अधिकार सुरक्षित रहेको घोषणा गर्छुृ ।’

त्यसपछि गाउँलेहरू चतुरेको र सामन्तको जयजयाकार गर्दै घरतिर लागे । भनिन्छ अति सर्वत्र वर्जयेत । हाँस्न पाउनु सबैको नैसर्गिक अधिकार हो यसलाई कसैले पनि कुनै पनि बाहानामा कुण्ठित पार्न सक्दैन, मिल्दैन तर त्यही हाँसो पनि एउटा सीमासम्म मात्र उचित हुन्छ । अन्यथा शोकको कारण बन्न पनि बेर लाग्दैन ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।