आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

प्रधानन्यायाधीशले इजलास तोके पनि न्यायाधीशहरुले मुद्दा हेरेनन्

मङ्गलबार, २३ कात्तिक २०७८, १३ : १०
मङ्गलबार, २३ कात्तिक २०७८

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले इजलास तोके पनि न्यायाधीशहरूले मुद्दा हेरेनन् । जबराको राजीनामाको पक्षमा रहेका न्यायाधीशहरु इजलासमा नबसी आन्तरिक छलफलमा जुटेका हुन् । इजलास तोकिएकामध्ये तेज बहादुर केसी र मनोजकुमार शर्माको इजलासमा बन्दी प्रत्यक्षीकरणको एउटा रिटमाथि सुनुवाई भएको छ भने अन्य मुद्दा हेर्न नभ्याइने सूचीमा राखिएको छ । यस्तै अरु न्यायाधीशले भने रिट नहेरी आन्तरिक छलफलमा जुटेका हुन् । 

यद्यपि, प्रधानन्यायाधीशको इजलासमा भने मुद्दा हेरे । उनले एउटा मुद्दा तामेलीमा राख्दै अर्को मुद्दामा भने कारण देखाउ आदेश जारी गरेका छन् । यस्तै, अर्को एक मुद्दा भने हेर्न नमिल्ने सूचीमा राखिएको छ । प्रधानन्यायाधीश जबराले मंगलबार बन्दी प्रत्यक्षीकरण बाहेकका अन्य मुद्दा पनि राखेर पेसी तोकेका थिए ।  यसअघि असन्तुष्ट न्यायाधीशसँग भएको छलफलका आधारमा जबराले बन्दी प्रत्यक्षीकरणका रिट मात्रै पेसीमा राख्ने गरेका थिए । मंगलबारको पेसीमा १० वटा इजलास गठन गरेका प्रधानन्यायाधीश जबराले आफूलाई मात्रै एकल इजलास तोकेका थिए । अन्य न्यायाधीशहरूलाई भने उनले संयुक्त इजलासमा पेसी तोकेका थिए । 

मंगलबारको पेसीमा न्यायाधीशद्वय दीपककुमार कार्की र नहकुल सुवेदी, मीरा खड्का र कुमार रेग्मी, हरिकृष्ण कार्की र सुष्मालता माथेमा, विश्वम्भरप्रसाद श्रेष्ठ र डा कुमार चुडाल, डा आनन्दमोहन भट्टराई र डा मनोजकुमार शर्मा, डा आनन्दमोहन भट्टराई र प्रकाशकुमार ढुङ्गाना, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल र बमकुमार श्रेष्ठ, तेज बहादुर केसी र मनोजकुमार शर्मा तथा प्रधानन्यायाधीश जबराको एकल इजलास तोकिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप