हेलम्बुमा पसलेको हत्या गरेर भागेका २ जना काठमाडौँबाट पक्राउ
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ स्थित खार्चुङमा किराना पसल चलाउँदै आएका ७३ वर्षीय केर्साङ्ग लामाको हत्या भयो । कार्तिक १८ मा राति केर्साङ्गको हत्यापछि आरोपीहरूले नगद लुटेर भागेका थिए ।
हत्या गरेर भागेका दुई जनालाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ । केर्साङ्ग लामाको हत्यामा संलग्न दुई जनालाई काठमाडौँको नागढुंगा र माकलबारीबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी रमेश कुमार बस्नेतले रातोपाटीलाई बताए ।
पक्राउ पर्नेमा हेलम्बु गाउँपालिका–१ सिन्दृघ्याङ घर भएका १९ वर्षीय तेन्जिङ लामा ‘हेल्मु’ र वर्ष ३० का दावा दोर्जे लामा छन् । महानगरीय प्रहरी परिसर काठमाडौँ र सिन्धुपाल्चोकबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई आइतबार पक्राउ गरेर सिन्धुपाल्चोक लगेको छ । आरोपीहरूलाई मंगलबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी दक्षकुमार बस्नेतले रातोपाटीलाई बताए ।
तेन्जिङ लामा (हेल्मु) काठमाडौँको गोकर्णेश्वर नगरपालिका–८ माकलबारीबाट पक्राउ परेका हुन् । दावा दोर्जे लामालाई नागढुंगा चेकपोष्टबाट पक्राउ गरिएको एसपी बस्नेतले बताए । टाउकोमा हिर्काएर केर्साङ्गको हत्या गरेर अरोपीहरूले १ लाख ५० हजार नगद, रिचार्ज कार्ड र थाङ्का लुटेर भागेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । केर्साङ्गको शव पोस्टमार्टमका लागी भक्तपुर अस्पतालमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोरखाको द्रव्यशाह क्याम्पसमा दुनाटपरी गाँस्ने तालिम
-
गौरीटार रङ्गशालाको काम समयमै सक्न मन्त्री महर्जनको निर्देशन
-
ककनी–२ मा कांग्रेसकाे घरदैलो कार्यक्रम तीव्र
-
विप्लव नेकपाका नेता कार्यकर्ता माओवादी केन्द्रमा समाहित
-
भर्जिनियामा मापसे गरी गाडी कुदाउँदा २ नेपाली युवाको मृत्यु, चालकविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा
-
मेस्सीको नयाँ प्रशिक्षक बन्ने होडमा जाभी र जिदानदेखि थियरी हेनरीसम्म