मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

स्रोत नखुलेको नगद २० लाख रुपैयाँ सहित एकजना पक्राउ

मङ्गलबार, २३ कात्तिक २०७८, ११ : ५०
मङ्गलबार, २३ कात्तिक २०७८

पर्साको वीरगंज महानगरपालिका-८ घण्टाघरबाट स्रोत नखुलेको नगद २० लाख रुपैयाँ सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराको बिश्रामपुर गाउँपालिका-५ नकटुवा बस्ने ३१ वर्षीय चन्दन कुमार साह रहेका छन् ।  
घण्टाघरबाट आदर्शनगरतर्फ जाँदै गरेको ना.४८ प ७६९१ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक साहलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । 
उनी उपर बैंक तथा वित्तिय संस्था सम्बन्धि ऐन, २०७३ विरुद्धको कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप