प्रतिनिधिसभाको अवरोध हटाउन एमालेलाई गृहमन्त्रीको आग्रह
![प्रतिनिधिसभाको अवरोध हटाउन एमालेलाई गृहमन्त्रीको आग्रह](https://rpcdn.ratopati.com/media/albums/254882193_641517767024603_3988375963707877597_n_8eXyhDRDsx.jpg)
काँग्रेस नेता तथा गृहमन्त्री बालकृष्ण खाँडले प्रतिनिधिसभामा जारी अवरोध हटाउन प्रमुख प्रतिपक्षी दल एमालेलाई आग्रह गरेका छन् । मंगलबार जनकपुरधाममा जानकी मन्दिर दर्शनपछि संचारकर्मीहरुसँग कुराकानी गर्दै गृहमन्त्री खाँडले प्रतिनिधिसभा जनताका गुनासा, समस्यालगायतका कुराहरु सुन्ने थलो भएकाले अवरोध जारी राख्न नहुने धारणा राखे ।
‘प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी पार्टीले अवरोध खडा गरेको छ, उहाँहरुलाई अवरोध अन्त्य गर्न आग्रह गर्दछु । राजनीतिकरुपमा देखिएका गतिरोधलाई अन्त्य गरौँ,’ उनले भने, ‘जनप्रतिनिधिले जनातका गुनासा, समस्यालगायतका कुराहरु राख्ने, सरकारले नीति नियम, विधेयक र कानून बनाउने थलो भएकाले प्रतिनिधिसभा नियमित संचालन भयो भने सरकारलाई समेत मद्यत पुग्छ । जनतालाई समेत भरोसा र विश्वास जाग्छ ।’
उनले राजनीतिको मुलधारमा नआएका पार्टीहरुसँग छलफल तथा संवाद गरेर राष्ट्रिय मुलधारको राजनीतिमा ल्याउने कोशिश भइरहेको समेत स्पष्ट पारे ।
सोमबार अबेर रातिसम्म चलेको प्रदेश सुरक्षा समितिको वैठकबारे जानकारी समेत गृहमन्त्री खाँडले गराए । गृहमन्त्री खाँडले सुरक्षा सवालमा आन्तरिक र बाहिरी चुनौती संवदेनशीलता बढ्दै गएको बताए । उनले बाहिरी तथा आन्तरिक सुरक्षाका सवालमा केन्द्र, प्रदेश र स्थानीय तहसँग सुरक्षा निकायको समन्वय र सहकार्य हुन जरुरी रहेको बताए ।
यसैबीच गृहमन्त्री खाँडलाई मैथिली विकास समितिले एक कार्यक्रम आयोजन गरि स्वागत तथा सम्मान गरेको छ । यस्तै उद्योग वाणिज्य संघ जनकपुरधामका अध्यक्ष जितेन्द्र कुमार महासेठले व्यवसायीहरुको सुरक्षा समस्या र आवश्यकता बारे एक ज्ञापनपत्र समेत सो कार्यक्रममा बुझाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या