शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एकैसाथ मिसाएर नखानुहोस् यी खानेकुरा, शरीरका लागि छन् खतरनाक

मङ्गलबार, २३ कात्तिक २०७८, ११ : १९
मङ्गलबार, २३ कात्तिक २०७८

खानपिनसँग सम्बन्धित बानीको असर मानिसको स्वास्थ्यमा स्पष्ट रुपमा देखिने गर्छ । केही स्वस्थ खानेकुराको सम्मिश्रण हाम्रो स्वास्थ्यका लागि निकै खतरनाक हुन्छ भनेर धेरैलाई थाहा नहुन पनि सक्छ । यस्ता खानेकुरा एकैपटक खाँदा तपाईं बिरामी पनि पर्न सक्नुहुन्छ । भारतकी आयुर्वेदिक चिकित्सक डा. दीक्षा भवसारले आफ्नो इन्स्टाग्राम अकाउन्टमा एउटा पोस्ट साझा गरेकी छिन् जसमा शरीरका लागि हानिकारक फूड कम्बिनेसनबारे जानकारी दिइएको छ ।

दुध र माछाः

दुध र माछा एकदम भिन्न प्रकारका खानेकुरा हुन् । त्यसैले यसलाई एकैपटक खानबाट जोगिनुपर्छ । दुध चिसो हुन्छ जबकी माछाको प्रकृति तातो हुन्छ । यी दुई खानेकुरा एकैपटक खाँदा हाम्रो रगत र शरीरिक क्रिया खराब हुनसक्छन् । विज्ञका अनुसार मानिसहरु दुध र नुनको सम्मिश्रणबाट पनि जोगिनुपर्छ ।

दुध र फलः

बनाना शेक मानिसबीच निकै लोकप्रिय छ । तर फल र दुधको सम्मिश्रण हाम्रो शरीरका लागि हानिकारक हुन्छ । विज्ञका अनुसार दुध, दही वा मोहीसँग कहिल्यै केरा खानुहुँदैन । दुध र केराको यो सम्मिश्रण रुघा, खोकी र एलर्जीको कारण बन्नसक्छ ।

घ्यू र महको समान मात्राः

घ्यू र मह समान मात्रामा कहिल्यै पनि सेवन गर्नु हुँदैन । यसले शरीरलाई नकारात्मक असर पार्न सक्छ । महको प्रकृति तातो र सुख्खा हुन्छ जबकी घ्यू चिसो र चिल्लोका लागि परिचित छ । यदि तपाईं घ्यू र मह मिसाएर खाइरहनुभएको छ भने दुईमध्ये कुनै एकको मात्रा धेरै राख्नुहोस् ।

दही र पनिरः

दही, पनिर र योगर्टजस्ता खानेकुरा चिसोमा खाँदा निकै फाइदाजनक हुन्छ । तर यस्ता खानेकुरा राती भने खानुहुँदैन । दही इन्फ्लेमेशन र रगत, पित्त, कफसँग सम्बन्धित समस्यालाई ट्रिगर गर्नसक्छ । जसको पाचन क्रिया खराब छ उनीहरुलाई पनिरले कब्जियतको समस्या निम्त्याउन सक्छ । यसै गरी महलाई कहिल्यै पनि तताएर खानु हुँदैन । यसले हाम्रो पाचन क्रियालाई सहयोग पुर्याउने एन्जाइम्स मार्नसक्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप