शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानसेनापति भारत प्रस्थान

मङ्गलबार, २३ कात्तिक २०७८, १० : ४३
मङ्गलबार, २३ कात्तिक २०७८

प्रधान सेनापति  प्रभुराम शर्मा औपचारिक भ्रमणको सिलसिलामा मंगलबार भारत प्रस्थान गरेका छन् । भारतका स्थल सेनाध्यक्ष जनरल एम एम नरवणेको औपचारिक निमन्त्रणामा उनी ९ सदस्यीय भ्रमण दलकासाथ  दिल्लीतर्फ प्रस्थान गरेका हुन् । नेपाली सेनाको मध्य एयर बेश, गौचरमा उनलाई बलाधिकृत रथी बालकृष्ण कार्कीले बिदाई गरेका थिए । 

भारत प्रस्थान गर्नुपूर्व प्रधान सेनापति शर्मालाई सोमबार जंगी अड्डामा सम्मान गारत अर्पण गरिएको थियो । उक्त औपचारिक बिदाई कार्यक्रममा नेपालका लागि भारतीय राजदूत  विनय मोहन क्वात्रा र अन्य सैनिक सहचारीहरुको पनि उपस्थिति थियो ।
प्रधान सेनापतिको नियुक्ति पश्चात शर्माको यो पहिलो विदेश भ्रमण हो । यस भ्रमणको दौरानमा प्रधान सेनापति शर्मालाई कार्तिक २४ गते भारतका राष्ट्रपति राम नाथ कोविन्दबाट भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिन्हबाट सुशोभन गर्ने कार्यक्रम रहेको छ ।

यस्तै शर्माले विभिन्न भारतीय उच्चपदस्थ पदाधिकारीहरुसँग भेटघाट गर्ने कार्यक्रम पनि रहेको छ । उनले आजै भारतीय रक्षा सचिव अजय कुमार, भारतीय चिफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावत, भारतीय सेनाध्यक्ष जनरल एम एम नरवणे  र भारतीय वायु सेनाध्यक्ष एयर चिफ मार्शल भि आर चौधरीसँग समेत भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

प्रधान सेनापति शर्माको भारत भ्रमणको अवधिभर बलाधिकृत रथी बालकृष्ण कार्कीले कायम मुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्ने सेनाले जनाएको छ। 
शर्मा सहितको भ्रमणदल कार्तिक २६ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ । 
    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप