सानिया मिर्जाले श्रीमान् शोएब मलिकका लागि बजाइन् ताली, सोसल मिडियामा हंगामा
टी२० क्रिकेट विश्वकपको सेमिफाइनल खेल हेर्नेमा सानिया मिर्जा एक्ली भारतीय हुन् वा होइनन् यो त सटिक रुपमा भन्न सकिँदैन तर सोसल मिडियामा चलिरहेको यो हल्लाखल्लाको आफ्नै कारण छ ।वास्तवमा नामिबियासँग आफ्नो अन्तिम प्रतिस्पर्धा खेलिरहेको भारतमाथि यो खेलको नतिजाको कुनै असर पर्नेवाला छैन र सेमिफाइनल म्याचमा स्थान बनाउने टिमबारे पहिल्यै घोषणा भइसकेको छ ।
इङ्गल्याण्ड, न्यूजिल्याण्ड, पाकिस्तान र अष्ट्रेलिया यो दौडमा भारतभन्दा अघि रहे र कप्तान विराट कोहलीको समूह निकै अघि नै रेसबाट बाहिरिसकेको छ । सोनिया मिर्जामाथि चलिरहेको बहसबारे कुरा गरौं । सानिया मिर्जाका श्रीमान् शोएब मलिकले आइतबार स्कटल्याण्डविरुद्ध १८ बलमा ५४ रनको बिस्फोटक पारी खेले र उक्त खेललाई सानिया मिर्जाले पनि स्टेडियममा हेरिरहेकी थिइन् ।
उनले शोएब मलिकलाई चियर गरिन्, उत्साह बढाउनका लागि ताली बजाइन् र सोसल मिडिया प्लेटफर्म विशेषगरी ट्वीटर हंगामा मच्चाए ।
सोसल प्रतिक्रियाः
ट्वीटर ह्यान्डल @tweetsbytahreem ले लेखे, ‘सानिया मिर्जा स्टेडियममा थिइन् र शोएब मलिक छक्का लगाइरहेका छन् ।’
Sania mirza in stadium and Shoaib Malik hitting sixes🔥#PAKvSCO pic.twitter.com/W6kNJUxpt6
— Tahreem🌸 (@tweetsbytahreem) November 7, 2021
एक खिलाडीको रुपमा शोएबको खेलमा सानिया स्टेडियममा हुनु नहुनुले केही फरक पार्छ भनेर भन्न सकिन्न ।
तर ट्वीटर ह्यान्डल @yehtuhogaaa ले लेखे, ‘शोएब मलिकले आफ्नो पारी समाप्त गरेपछि जसरी सानिया मिर्जाको तर्फबाट आफ्नो ब्याट उठाए र जसरी उनको बच्चा आफ्नो पितालाई हेर्नका लागि आफ्नी आमाको काखमा जान खोजिरहेको थियो, त्यो हेर्दा रमाइलो लाग्यो ।’
The way Malik raised his bat towards Sania Mirza after finishing his innings and the way their baby was asking his mother to pick him up so that can see his father was just wholesome 😭❤️
— Ramiya 2.0 (@yehtuhogaaa) November 7, 2021
ट्वीटर ह्यान्डल @Diet_Planner__ ले लेखे, ‘म आफ्ना श्रीमानको जीतलाई त्यसैगरी हेर्न चाहन्छु जसरी सानिया मिर्जा आफ्ना श्रीमानलाई रेकर्ड तोडिरहेका बेला हेरिरहेकी थिइन् । ’
I want to see my husband's victory just as sania mirza was seeing her husband breaking records 😭#SaniaMirza #PAKvsSCO pic.twitter.com/YZvwm9Btfr
— Maham Naveed (@Diet_Planner__) November 7, 2021
ट्वीटर ह्यान्डल @Msohailsays बाट सोहेलले लेखेका छन्, ‘सानिया मिर्जाको टिम विश्वकपबाट बाहिरियो तरपनि उनी आफ्ना श्रीमानको ब्याटिङको आनन्द लिइरहेकी छिन् ।’
Sania Mirza's team was knocked out of the World Cup but she still enjoying her hubby batting 🤩🤩🤩 pic.twitter.com/njmX9bKco4
— S O H A I L👓 ( سہیل) (@Msohailsays) November 7, 2021
@Chlo_shaba_kato ह्यान्डलबाट लेखियो, ‘सानिया मिर्जा भारतको हारलाई बिर्सिएर आफ्ना श्रीमान्को समर्थनका लागि यहाँ ग्राउन्डमा छिन् । यो सराहनीय छ ।’
#SaniaMirza forget India's defeat and she's here in the Ground for her Husband's Support
— Nimmz__🔥 (@Chlo_shaba_kato) November 7, 2021
APPRECIATION ❤️😊 pic.twitter.com/v4jwo4cZ9r
अब्दुल्ला खानले लेखेका छन्, ‘शोएब मलिकले खेलमा सबैभन्दा तेज अर्धशतक बजाएपछि सानिया मिर्जा ।’
Sania Mirza after his Husband made fastest fifty of the tournament 😂#byebyeindia pic.twitter.com/9Od2taqBKh
— Abdullah Khan (@Abdulla87094452) November 7, 2021
ट्वीटर ह्यान्डल @ChEitizazAshraf ले लेखेका छन्, ‘सानिया मिर्जा एक्ली भारतीय हुन् जो सेमिफाइनलमा गइरहेकी छिन् ।’
Sania Mirza is the only Indian going to Semi Finals ::#PAKvsSCO pic.twitter.com/NOYvkk4nxU
— ᴇɪᴛɪᴢᴀᴢ ッ (@ChEitizazAshraf) November 7, 2021