भीम रावलको प्रश्न - झापामा लागू हुने अपानि सुदूरपश्चिममा किन नहुने ?
नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आज बोलाइएको सुदूरपश्चिम कमिटीको बैठकप्रति आपत्ति जनाएका छन् । बैठक १० बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि जारी अपानि १२ को विपरीत रहेको रावलको दाबी छ ।
बैठक र यसका निर्णयहरू अवैध र अमान्य हुँदै बताउँदै रावलले यसलाई गुटबन्दीको नमुना रहेको पनि बताएका छन् । उनले प्रश्न छ – अपानि १२ झापामा लागु हुने, सु.प.मा लागु नहुने किन ? यहाँको भूमि बाह्य अतिक्रमणमा परेकोले हो कि ?
आज हुने भनिएको कथित सु.प. प्रदेश कमिटीको बैठक १० बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि जारी अपानि १२ को विपरीत छ।यो गु टबन्दीको नमूना हो। यो बैठक र यसका निर्णयहरू अवैध र अमान्य छन्।अपानि १२ झापामा लागु हुने, सु.प.मा लागु नहुने किन ? यहाँको भूमि वाह्य अतिक्रमणमा परेकोले हो कि ?
— Dr. Bhim Rawal (@BhimRawal179) November 9, 2021
पार्टीको सुदूरपश्चिम कमिटीको बैठक मंगलबार पार्टी कार्यालयमा ११ बजे बोलाइएको प्रदेश कमिटी सचिव राजेन्द्र सिंह रावलले रातोपाटीलाई जानकारी दिए । उनले भने, 'हामीले भीम रावल कमरेडलाई पनि निमन्त्रणा पठाएका छौँ । आउनु हुने वा नहुने वहाँको कुरा हो ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण