शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ट्रकको ठक्करबाट एक युवकको मृत्यु

मङ्गलबार, २३ कात्तिक २०७८, ०८ : १३
मङ्गलबार, २३ कात्तिक २०७८

मकवानपुरको नवलपुरमा ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने हेटौंडा उपमहानगरपालिका वडा नम्वर–११ नवलपुरस्थित सडकमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर–१२ निवासी २० बर्षीय सुसान्त पुडासैनी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले जानकारी दिए । 

हेटौंडाबाट मनहरीतर्फ जाँदै गरेको बागमती प्रदेश ३००४ प ७१९१ नम्वरको मोटरसाइकललाई ना ७ ख ८८१ नम्वरको लहरी ट्रकले मंगलबार बिहान साढे ६ बजेको समयमा ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट पुडासैनीको घटनास्थलमै मृत्यु भएको उनले बताए । मृतक पुडासैनीको शव पोष्टमार्टमका लागि हेटौंडा अस्पताल ल्याइएको प्रहरी नायव उपरिक्षक रिमालले बताए । ट्रकका चालक लमजुङ घर भएका बर्ष ४९ को पूर्णबहादुर भुजेललाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको प्रहरीको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप