पोखराबाट बैंकिङ कसुरमा एक पुरुष पक्राउ
सोमबार, २२ कात्तिक २०७८, २१ : ५३
पोखराबाट बैंकिङ कसुरमा एकजना पक्राउ परेका छन् । पोखरा बाझापाटनका ३५ वर्षीय शंकर गुरुङले पैसा नभएको बैंक खाताको चेक दिएर बाउन्स भएको उजूरी परेपछि प्रहरीले उनलाई बैंकिङ कसुरमा पक्राउ गरिएको हो ।
बैंकमा उनले दिएको १३ लाख ८० हजारको चेक साट्न पटकपटक जाँदासमेत नसाटिएपछि उजुरी परेको थियो । उनलाई बैंकिङ कसुर मुद्दामा उच्च अदालतबाट ७ दिन म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको कास्की प्रहरी प्रवक्ता डीएसपी सुवास हमालले जानकारी दिए ।