शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरामा गाडीको ठक्करबाट बालकको मृत्यु

सोमबार, २२ कात्तिक २०७८, २१ : ०६
सोमबार, २२ कात्तिक २०७८

पोखरामा गाडीले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । आइतबार साँझ पोखरा बागलुङ राजमार्ग अन्तर्गत पर्ने गणतन्त्र चोकस्थित सडकको जेब्रा क्रसमा हिँडिरहेका बालकलाई गाडीले ठक्कर दिएर भागेको हो ।
दुर्घटनामा तनहुँ घर भई हाल पोखरा–५ बस्दै आएका १४ वर्षीय शुभम खनालको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ । 

दुर्घटनापछि गम्भीर घाइते भएका बालकको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय कास्कीका डिएसपी एवं प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए । बालकलाई ठक्कर दिने सवारीको पहिचान हुन नसकेको र अनुसन्धान जारी रहेको उनले बताए । बालक पोखरास्थित शान्ति निकेतन स्कुलको कक्षा पाँचमा अध्ययनरत थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप