मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

राजधानीमा प्रधानन्यायाधीशको बचाउमा पनि प्रदर्शन

सोमबार, २२ कात्तिक २०७८, १८ : २३
सोमबार, २२ कात्तिक २०७८

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बचाउ गर्दै सोमबार काठमाडौंको माइतीघरमा सोमबार प्रदर्शन भएको छ । नेपाल बार एसोसिएसनका कानुन व्यवसायीहरुले राजीनामा माग गर्दै प्रदर्शन गरिरहेको बेला अखण्ड नेपाल हिन्दु अधिराज्य पुनःस्थापना -याली तथा विरोधसभा नामको ब्यानरमा प्रधानन्यायाधीश जबराको पक्षमा प्रदर्शन गरिएको हो । 

 विरोध प्रदर्शनमा बोल्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले सत्तामा भाग खोज्ने प्रधानन्यायाधीश जबराले भन्दा पहिलो त्यसमा भाग दिने प्रधानमन्त्री शेरबहादुर देउवाले पदबाट राजीनामा दिनुपर्ने तर्क गरे । उनले सत्ताको भाग दिने प्रधानमन्त्री देउवाको राजीनामा किन माग नगरेको भनेर कानुन व्यवसायीहरुलाई प्रश्न समेत गरे । 

वरिष्ठ अधिवक्ता न्यौपानेले भारतीय र युरोपियन युनियनका मान्छेहरूलाई नेपाली नागरिकता दिने काम बन्द गरेपछि प्रधानन्यायाधीश जबराविरुद्ध आन्दोलन सुरु गरिएको दावी समेत गरे । 

   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप