शाओमीले ल्यायो बजारमा ‘शाओमी प्याड ५’
प्रसिद्ध चिनियाँ ब्रान्ड शाओमीले नेपाली बजारमा शाओमी प्याड ५ ल्याएको छ । कम्पनीले सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै शाओमी प्याड ५ औपचारिक रुपमा सार्वजनिक गरेको हो । प्याड ५ सार्वजनिक गर्दै कम्पनीले प्रयोगकर्ताहरूको अनुभवलाई स्तरमा लैजान स्लीक प्याड फोन बजारमा ल्याएको बताएको छ । टु टु लाइफ भ्युइन्गएक्पेरियन्समा आधारित यस फोन इमर्सिभ क्वाड स्टेरियो स्पिकर र २२.५ वाटको इन–बक्स चार्जरसहित ८७२० एमएएचको उच्च क्षमताको ब्याट्रीमा उपलब्ध रहेको छ ।
प्याड ५ बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, ‘शाओमी प्याड ५ एक अल–इन–वान ट्याब्लेट हो जुन अनुकूल छ र आवश्यकताअनुसार कार्यस्थान र मनोरञ्जन उपकरण दुवैको रूपमा प्रयोग गर्न सकिन्छ । घरमा हुँदा वा अफिसमा हुँदा, यसको उत्पादकता–अनुकूल सुविधाहरूले तपाईं कार्यरत हुनु भएको कुरालाई सुनिश्चित गर्दछ । बिल्ट–इनलो ब्लू लाइट टेक्नोलोजी र ट्रु डिस्प्लेका साथ शाओमी प्याड ५ ले आँखामा पर्ने तनावलाई न्यूनीकरण गरेर सुरक्षित र सहज दृश्यको अनुभव प्रदान गर्दछ ।’
यसको क्वालकमस्न्याप्ड्रा गन ८६० मोबाइल प्लेटफर्म र ८७२० एमएएच ब्याट्रीले यसको प्रडक्टिभिटी सुइटलाई शक्ति प्रदान गर्दछ । इमर्सिभ क्वाड स्टेरियो स्पिकरहरू भएकोले मनपर्ने टिभी कार्यक्रम हेर्नको लागि इमर्सिभ मनोरञ्जन उपकरणको रूपमा समेत सेलफोनलाई प्रयोग गर्न सकिन्छ’ कोठारीले भने ।
शाओमी प्याड ५ मा ८ एमपीको फ्रन्ट क्यामेरा र १३ एमपीको एकल क्यामेराको उपलब्ध गराइएको छ । विशेष दुई मोडमा उपलब्ध शाओमी प्याड ५ को ६ जीबी प्लस २५६ जीबीको बजार मूल्य ४९ हजार ९९९ रुपैयाँ तोकिएको छ भने ६ जीबी प्लस १२८ जीबीको ४४ हजार ९९९ रुपैयाँ तोकिएको छ ।
शाओमी प्याड ५ कात्तिक २१ गते देखि कस्मिक ग्रे र पर्ल वाइट रंगमा नेपालको सबै आधिकारिक स्टोरहरूमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दबाब नदिए टीआरसी अर्को १८ वर्ष जान पनि वेर छैन : अध्यक्ष प्रचण्ड
-
न्युजिल्यान्डले भ्रमणकारी टोली श्रीलंकालाई दियो २५६ रनको लक्ष्य
-
नेपाल उड, फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनीमा १०० भन्दा बढी स्टल रहने
-
साढे २४ अर्ब लागतमा दुई पाइपलाइन निर्माण गर्ने निगमको तयारी
-
गृहमन्त्रीसहित पाँच सांसदविरुद्ध अवहेलना मुद्दा ‘हेर्न नमिल्ने’
-
सल्यानमा ट्याक्टर दुर्घटना, १ जनाको मृत्यु