शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

शाओमीले ल्यायो बजारमा ‘शाओमी प्याड ५’

सोमबार, २२ कात्तिक २०७८, १७ : ५४
सोमबार, २२ कात्तिक २०७८

प्रसिद्ध चिनियाँ ब्रान्ड शाओमीले नेपाली बजारमा शाओमी प्याड ५ ल्याएको छ । कम्पनीले सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै शाओमी प्याड ५ औपचारिक रुपमा सार्वजनिक गरेको हो ।  प्याड ५ सार्वजनिक गर्दै कम्पनीले प्रयोगकर्ताहरूको अनुभवलाई स्तरमा लैजान स्लीक प्याड फोन बजारमा ल्याएको बताएको छ । टु टु लाइफ भ्युइन्गएक्पेरियन्समा आधारित यस फोन इमर्सिभ क्वाड स्टेरियो स्पिकर र २२.५ वाटको इन–बक्स चार्जरसहित ८७२० एमएएचको उच्च क्षमताको ब्याट्रीमा उपलब्ध रहेको छ । 

प्याड ५ बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, ‘शाओमी प्याड ५ एक अल–इन–वान ट्याब्लेट हो जुन अनुकूल छ र आवश्यकताअनुसार कार्यस्थान र मनोरञ्जन उपकरण दुवैको रूपमा प्रयोग गर्न सकिन्छ । घरमा हुँदा वा अफिसमा हुँदा, यसको उत्पादकता–अनुकूल सुविधाहरूले तपाईं कार्यरत हुनु भएको कुरालाई सुनिश्चित गर्दछ । बिल्ट–इनलो ब्लू लाइट टेक्नोलोजी र ट्रु डिस्प्लेका साथ शाओमी प्याड ५ ले आँखामा पर्ने तनावलाई न्यूनीकरण गरेर सुरक्षित र सहज दृश्यको अनुभव प्रदान गर्दछ ।’

यसको क्वालकमस्न्याप्ड्रा गन ८६० मोबाइल प्लेटफर्म र ८७२० एमएएच ब्याट्रीले यसको प्रडक्टिभिटी सुइटलाई शक्ति प्रदान गर्दछ । इमर्सिभ क्वाड स्टेरियो स्पिकरहरू भएकोले मनपर्ने टिभी कार्यक्रम हेर्नको लागि इमर्सिभ मनोरञ्जन उपकरणको रूपमा समेत सेलफोनलाई प्रयोग गर्न सकिन्छ’ कोठारीले भने ।

शाओमी प्याड ५ मा ८ एमपीको फ्रन्ट क्यामेरा र १३ एमपीको एकल क्यामेराको उपलब्ध गराइएको छ ।  विशेष दुई मोडमा उपलब्ध शाओमी प्याड ५ को ६ जीबी प्लस २५६ जीबीको बजार मूल्य ४९ हजार ९९९ रुपैयाँ तोकिएको छ भने ६ जीबी प्लस १२८ जीबीको ४४ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

शाओमी प्याड ५ कात्तिक २१ गते देखि कस्मिक ग्रे र पर्ल वाइट रंगमा नेपालको सबै आधिकारिक स्टोरहरूमा उपलब्ध हुने कम्पनीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप