सोमबार, ०१ पुस २०८१
ताजा लोकप्रिय

न्यायाधीशहरु प्रधानन्यायाधीशसँगको संयुक्त इजलासमा नबस्ने

बन्दी प्रत्यक्षीकरण बाहेकको मुद्दा नहेर्ने
सोमबार, २२ कात्तिक २०७८, १७ : ४५
सोमबार, २२ कात्तिक २०७८

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा दिनुपर्ने पक्षमा रहेका सर्वोच्च अदालतका न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरण बाहेकको मुद्दा नहेर्ने निष्कर्ष निकालेका छन् ।  सोमबार प्रधानन्यायाधीश जबराले आफू समेतको इजलास तोकेपछि न्यायाधीशहरु आन्तरिक छलफलमा जुटेका थिए । सो छलफलबाट न्यायाधीशहरूले प्रधानन्यायाधीशसँगको संयुक्त इजलासमा नबस्ने र बन्दी प्रत्यक्षीकरण बाहेकको मुद्दा पनि नहेर्ने निष्कर्ष निकालिएको एक न्यायाधीशले बताए । 

ती न्यायाधीशका अनुसार आजको बैठकमा प्रधानन्यायाधीशले आफूलाई इजलास तोकेकोप्रति असन्तुष्टि जनाएका थिए । यसअघि न्यायाधीशहरूसँगको छलफलका क्रममा प्रधानन्यायाधीशले आफूलाई इजलास नतोक्ने सहमति जनाएका थिए । तर, यसविपरित प्रधानन्यायाधीशले आज आफूसहित ५ वटा इजलास तोकेका थिए भने आफू सम्मिलित एउटा पूर्ण इजलास पनि तोकेका थिए । कुमार चुडालसहितको बन्दी प्रत्यक्षीकरणको इजलास तोकेपछि न्यायाधीशहरुको असन्तुष्टिकै कारण आज सुनुवाइ भने गरेनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप