कुर्सीको तानातानमा हामी जाँदैनौं, विश्वासको मतमा तटस्थ बस्छौँ : नेमकिपा
सोमबार, २२ कात्तिक २०७८, १६ : ५६
नेपाल मजदुर किसान पार्टीका बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले आफूहरु शासक दलहरूको हानथाप र कुर्सीको तानातानमा आफूहरु सामेल नहुने बताएका छन् । सोमबार प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले शासक दलहरु बीचको झगडाको मूल कारण के हो भन्नेबारे अझै बाहिर आउन नसकेको भन्दै त्यस्तो वास्तविकता बाहिर ल्याउन र जनतालाई वास्तविकता जानकारी गराउनुपर्ने बताए ।
अहिले देखिएको भाँडभैलोमा सत्ता पक्षकै माननीय पनि सन्तुष्ट हुन नसकेको देखिएको भन्दै उनले पूँजीवादी दलको तानातान, पदको लडाइँबाट आफूहरु टाढै रहने बताए । आफ्नो पार्टीले विश्वासको मतसम्बन्धी प्रस्तावमा तटस्थ रहने नीति लिएको पनि उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रीको राजीनामा होल्ड हुनु र मुख्यमन्त्री बानियाँले भेट नदिनु होइन संयोग मात्र
-
हर्मुज सङ्कटले विश्व अर्थतन्त्रमा जोखिम बढाउने चेतावनी
-
रामादा बाई विन्धामले बोलबम यात्रीलाई सहयोग गर्ने
-
एमाले र नेकपाका दुई नेता मेन्याङ्बो र आङ्बोको दौडधुप बाक्लियो
-
भारतमा ‘कक्रोच’ आन्दोलनले बढायो सरकारमाथिको दबाब
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण