कुर्सीको तानातानमा हामी जाँदैनौं, विश्वासको मतमा तटस्थ बस्छौँ : नेमकिपा
सोमबार, २२ कात्तिक २०७८, १६ : ५६
नेपाल मजदुर किसान पार्टीका बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले आफूहरु शासक दलहरूको हानथाप र कुर्सीको तानातानमा आफूहरु सामेल नहुने बताएका छन् । सोमबार प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले शासक दलहरु बीचको झगडाको मूल कारण के हो भन्नेबारे अझै बाहिर आउन नसकेको भन्दै त्यस्तो वास्तविकता बाहिर ल्याउन र जनतालाई वास्तविकता जानकारी गराउनुपर्ने बताए ।
अहिले देखिएको भाँडभैलोमा सत्ता पक्षकै माननीय पनि सन्तुष्ट हुन नसकेको देखिएको भन्दै उनले पूँजीवादी दलको तानातान, पदको लडाइँबाट आफूहरु टाढै रहने बताए । आफ्नो पार्टीले विश्वासको मतसम्बन्धी प्रस्तावमा तटस्थ रहने नीति लिएको पनि उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठ दाउराका लागि मात्रै भेला र साधारणसभा नगर्नुहोस् : प्रमुख संरक्षण अधिकृत
-
प्रधानन्यायाधीश नेतृत्वको टोलीद्वारा बेलायतमा भेटघाट
-
भरतपुर अस्पतालमा ‘एमबिबीएस’ कार्यक्रम सञ्चालनका लागि प्रस्ताव गरेका छौँ : मन्त्री पौडेल
-
ट्याक्टरले ठक्कर दिँदा जन्ती गइरहेकी एक महिलाको मृत्यु, एक घाइते
-
बालाजुस्थित करिडोर सडक डुबानमा (तस्बिरहरु)
-
१० बजे १० समाचार : दुई घण्टासम्म ओली–देउवा वार्ता, एमाले महासचिवको प्रस्तावलाई ओलीले गरे अस्वीकार