बागमती प्रदेश : विवेकशील साझाले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने
सोमबार, २२ कात्तिक २०७८, १६ : ५२
विवेकशील साझा पार्टीका बागमती प्रदेशसभा सदस्य रमेश पौडेलले भागवण्डाका लागि मन्त्रालय विभाजन गर्ने कार्यको विरोध गरेका छन् । सोमबार प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले मन्त्रालय विभाजन गरेर १२÷१५ वटा बनाउनु प्रदेश र जनताको हितमा नहुने बताए ।
संविधानले मन्त्रालय विभाजन गर्न छुट दिए पनि फजुल खर्च बढाउने भएकाले यस्तो कदममा आफूले साथ दिन नसक्ने उनको भनाइ थियो । उनले आफू रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने पनि प्रस्ट पारे । आफूहरुले विश्वासको मतको समर्थनमा मत दिन नसक्ने पनि उनले बैठकलाई जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठ दाउराका लागि मात्रै भेला र साधारणसभा नगर्नुहोस् : प्रमुख संरक्षण अधिकृत
-
प्रधानन्यायाधीश नेतृत्वको टोलीद्वारा बेलायतमा भेटघाट
-
भरतपुर अस्पतालमा ‘एमबिबीएस’ कार्यक्रम सञ्चालनका लागि प्रस्ताव गरेका छौँ : मन्त्री पौडेल
-
ट्याक्टरले ठक्कर दिँदा जन्ती गइरहेकी एक महिलाको मृत्यु, एक घाइते
-
बालाजुस्थित करिडोर सडक डुबानमा (तस्बिरहरु)
-
१० बजे १० समाचार : दुई घण्टासम्म ओली–देउवा वार्ता, एमाले महासचिवको प्रस्तावलाई ओलीले गरे अस्वीकार