काँग्रेसले भन्यो– मुख्यमन्त्रीलाई हामी विश्वासको मत दिन्छौं
सोमबार, २२ कात्तिक २०७८, १६ : ४६
नेपाली काँग्रेसका बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको आफू र आफ्नो पार्टीले समर्थन गर्ने बताएका छन् ।
सोमबार प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले नेकपा एमालेले जनतामा भ्रम सिर्जना गरेर सत्ताको आयु लम्ब्याए पनि अन्ततः एमालेको असलियत सबैले बुझेको बताए ।
उनले सत्तारुढ गठबन्धनको बचाउ पनि गरे । गठबन्धनले संघीयता, संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने उनको भनाइ छ । जनअभिमतलाई स्वीकार गर्न नसकेका कारण एमालेले यो अवस्था झेल्नु परेको पनि उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओली कप क्रिकेटमा समूह चरणका खेल सकियो
-
प्रधानमन्त्रीसमक्ष आगामी नीति तथा कार्यक्रमका लागि एमालेको सुझाव हस्तान्तरण
-
५२ संवैधानिक नियुक्तिविरुद्धको मुद्दा हेर्दाहेर्दैमा
-
दुवैमा नेपाली सेफको माग छ ?
-
मैनबत्ती निभेको निहुँमा विवाद, दाजुले गरे ११ वर्षीय बहिनीको हत्या
-
काममा फर्कन शिक्षकहरूलाई सरकारको आह्वान