आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

डेंगुबाट कसरी छुटकारा पाउने ?

सोमबार, २२ कात्तिक २०७८, १६ : ३३
सोमबार, २२ कात्तिक २०७८

पछिल्लो समय डेंगुका बिरामी देखा परिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । डेंगी भाइरसबाट संक्रमित एडिज जातका लामखुट्टेको टोकाइबाट डेंगु सर्दछ । एडिज जातका लामखुट्टे सफा पानीमा समेत जम्मा हुने भएकाले जुनसुकै भाँडोमा हुर्कन सक्छन् । एडिज जातको लामखुट्टेले जुनसुकै समयमा टोक्ने सम्भावना भएकाले डेंगुबाट जोगिन सचेत हुनुपर्छ ।

विश्वमा प्रत्येक वर्ष डेंगु रोगका कारण करीब ५ करोडदेखि ५ करोड २८ लाख मानिस बिरामी पर्ने गरेका छन् । जसमध्ये करिब १० देखि २० हजार मानिसको मृत्यु हुने गरेको छ ।
डेंगु हुँदा उच्च ज्वरो आउने, जोर्नी र मांशपेशीहरु, आँखाका गेडी र टाउको बेस्सरी दुख्ने, शरीरमा राता बिमिराहरु आउने, वाकवाकी लाग्ने वा र बान्ता हुने गर्छ । डेंगु हुनबाट यसरी छुटकारा पाउन सकिन्छ ।

–पुरै शरीर ढाक्ने लुगा लगाउने ।

–बिहान, दिउँसो, राती जुनसुकै बेला पनि झुल लगाएर मात्र सुत्ने ।

–दिउँसो पनि लामखुट्टेको टोकाइबाट बच्ने मलम लगाउने ।

–घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने ।

–आफ्नो घर वरपर, कार्यस्थल र सार्वजनिक ठाउँमा पानी जम्न नदिने । 

–पानी भरेका भाँडाहरु जस्तै ड्रम, ट्याङ्की, बाटा, बाल्टिन, आदिलाई लामखुट्टे नछिर्ने गरी राम्ररी छोपेर राख्ने ।  

घर, विद्यालय अँध्यारो कुना काप्चा जस्तै पर्दा पछाडि, खाटमुनि, शौचालयभित्र, डेस्क, बेन्चमुनि आदि जस्ता ठाउँहरुमा कीटनाशक औषधि छर्किने ।

–कम्तिमा साताको एक पटक एयरकुलर, पानी ट्याङ्की, फूलदानी गमलामा राखिएको प्लेटहरु राम्ररी सफा गर्ने । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप