एमाले छाडेर जानेहरूले आगामी चुनावमा जमानत जोगाउन सक्दैनन्ः ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले छोडेर जाने तथा मन्त्री बन्नेहरुलाई आगामी चुनावमा जमानत जोगाएर देखाउन चुनौती दिएका छन् । सोमबार नेकपा एमाले मोरङले विराटनगरमाआयोजना गरेको चाडपर्व लक्षित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले नेकपा (एकीकृत समाजवादी) पार्टीका तर्फबाट मन्त्री बनेका नेताहरूप्रति लक्षित गर्दै भने, मन्त्री बन्न प्रदेश सरकार, संघीय सरकार ढाल्ने र एमाले छाड्नेहरु आगामी निर्वाचनमा आफ्नो जमानत जोगाउन हैसियतमा छैनन् ।’
‘संघ र प्रदेशको सरकार ढालेर यतिबेला खुसी भएका छन् । तर म चुनौती दिन्छु, आगामी निर्वाचनमा उनीहरुले आफ्नो जनमत जोगाउन सक्ने छैनन्’, उनले थपे । ओलीले पार्टीभित्र बिग्रीएकाहरुले एमाले पार्टी छोडेर गएको पनि दावी गरे ।
अर्को प्रशंगमा ओलीले सर्वोच्च अदालतले संसद पुनःस्थापना फैसला सेटिङमा गरेको आरोप पनि लगाए । उनले सर्वोच्च अदालतले सेटिङ मिलाएर अन्यायपूर्ण, असंवैधानिक र अलोकतान्त्रिक फैसला गरेको दाबीसमेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुशासन स्थापनामा सूचनाको महत्त्वपूर्ण भूमिका रहन्छ : मन्त्री लामिछाने
-
टोखामा आगलागी
-
कर्णाली, गण्डकी र कोशी नदी सभ्यतामा आधारित सांस्कृतिक पर्यटन विकास गर्न संयन्त्र निर्माण गरिने
-
न्यून लक्ष्य भएपनि रक्षा गर्छौं भन्ने थियो : विपिन शर्मा
-
पदीय आचरण र मर्यादामा रहन संसद् कर्मचारीलाई निर्देशन
-
जनयुद्ध शब्द सरकारी कामकाजमा प्रयोग नल्याउन सर्वोच्चको अन्तरिम आदेश