शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

आन्दोलनको बलमा राजसंस्था पुनःस्थापित गरिन्छः डा लोहनी

सोमबार, २२ कात्तिक २०७८, १६ : ०५
सोमबार, २२ कात्तिक २०७८

राप्रपा अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले आन्दोलनको बलमा राप्रपाले राजसंस्था पुनःस्थापित गर्ने बताएका छन् । सोमबार राप्रपा सर्लाहीको जिल्ला अधिवेशनलाई मलंगवामा सम्बोधन गर्दै डा लोहनीले दलीय सिन्डिकेटले देशमा लुटतन्त्र र भ्रष्टाचार मौलाएको दावी गरे । 

प्रजातन्त्रको मुल आधार शक्ति सन्तुलन र नियन्त्रणको सिद्धान्तबाट नेपाली काँग्रेस तथा कम्युनिस्टहरु च्युत भएको जिकिर गर्दै लोहनीले प्रजातन्त्रको रक्षार्थ पनि राजसंस्था आवश्यक भएको तर्क गरे ।  राजसंस्था हिजोभन्दा आज झन् सान्दर्भिक देखिएको बताउँदै लोहनीले नेपाललाई हिन्दु राष्ट्र बनाउनबाट कसैले रोक्न नसक्ने जिकिर गरे । 

काँग्रेस, कम्युनिस्टसँगै मधेसवादी दलहरु समेत असफल भएको दावी गर्दै अध्यक्ष लोहनीले मुलुकको नेतृत्व राप्रपाले गर्नु पर्ने समेत बताए । अदालतको गाईजात्रा र निरीह संसदले प्रजातन्त्रको खिल्ली उडाएको बताउँदै लोहनीले यो व्यवस्थाको असफलताको लक्षण भएको समेत बताए । 

अर्को प्रशंगमा लोहनीले आउँदो महाधिवेशनले राप्रपालाई सही नेतृत्व दिने बताउँदै कार्यकर्ताले सही नेतृत्व चुन्नुपर्नेमा जोड दिए । सांसद राजेन्द्र लिंदेनलगायतका केन्द्रीय नेताहरु समेतको सहभागिता रहेको अधिवेशनले सत्य नारायण यादवको नेतृत्वमा ४१ सदस्य जिल्ला कार्यसमिति निर्विरोध चयन गरेको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप