तिहारपछि खुलेको सेयर बजारमा पहिलो दिनमै १९ अंकको गिरावट
सोमबार, २२ कात्तिक २०७८, १५ : ४२

तिहारपछि खुलेको बजारमा पहिलो दिन नै नेप्सेमा १९ अंक माथिको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज सोमबार नेप्से सूचक १९.२० अंकले घटेर २८ सय २९ दशमलव ६४ विन्दुमा ओर्लिएको हो ।
जबकि तिहारको बिदा हुनुअघि गत बुधबार यस्तो सूचक ५.२२ अंकले मात्र बढेर २८ सय ४८ दशमलव ८४ बिन्दुमा अडिएको थियो । तर, सोही दिनयता ‘क’ वर्गको सेन्सेभिट इन्डेक्स भने ०.३४ अंकले घटे ५३१ दशमलव ०८ बिन्दुमा झर्न पुगेको थियो । यस्तै, आज पनि सेन्सेटिभ इन्डेक्स थप २ दशमलव ७१ अंकले घट्दै ५२८.३७ बिन्दुमा झर्न पुगेको नेप्सेले जनाएको छ ।
यस दिन फाइनान्स, म्युचुअल फन्ड र लगानीको उपसूचक बाहेक सबैजसो उपसमूहहरु ऋणात्मक (नेगेटिभ) भएका छन् । १९ अंक माथिले घटेको बजारमा आज ४ अर्ब ४२ करोडको कारोबार भएको छ । गत बुधबार ५ अंकले बढेको बजारमा ६ अर्ब ५५ अर्बको कारोबार भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोटरसाइकल ठोक्किएर सिराहामा दुई जनाको मृत्यु
-
नेपालले करिब २७ टन राहत सामग्री म्यानमारलाई सहयोग गर्दै
-
झापा गाउँपालिकाका सबै किसान व्यावसायिक मकैखेतीमा
-
पर्यटक खस्किएको बारे समितिको पर्यटन मन्त्रीसँग अनौपचारिक छलफल
-
काठमाडौँमा वर्षाले राहत, तस्बिरहरू
-
खाजा खाने क्रममा चट्याङ लागेर दूधकुमारको घटनास्थलमै मृत्यु