आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

वीरगञ्ज महानगर काँग्रेस सभापतिमा पत्रकार चौहान उम्मेदवार बन्ने

सोमबार, २२ कात्तिक २०७८, १४ : २४
सोमबार, २२ कात्तिक २०७८

नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दीपेन्द्र चौहानले नेपाली काँग्रेसको वीरगञ्ज महानगर कार्यसमितिको सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन् । काँग्रेसको आसन्न महाधिवेशनको पूर्व सन्ध्यामा सचिव चौहानले उम्मेदवारी घोषणा गरेका हुन् ।

चौहानले उम्मेदवारी घोषणा गर्दै पार्टीको संगठन निर्माण र महानगरमा एक नम्बरको शक्तिमा स्थापित गर्न आफूले पार्टीमा रहेर काम गर्ने निर्णय गरेको बताए । नेपाल प्रेस युनियनका नेतासमेत रहेका चौहान नेपाल पत्रकार महासंघको पर्सा जिल्ला अध्यक्ष, पत्रकार महासंघ प्रदेश २ को अध्यक्ष हुँदै अहिले महासंघको केन्द्रीय समावेशी सचिव हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप