पुसमा ‘चपली हाइट–३’ रिलिज हुने
सोमबार, २२ कात्तिक २०७८, १४ : १७

फिल्म ‘चपली हाइट ३’ पुस २ गते अर्थात डिसेम्बर १७ प्रदर्शनमा आउने भएको छ । निर्माता अर्जुन कुमारले फिल्म पुस २ मा प्रदर्शन गर्न लागिएको जानकारी दिए ।
‘फिल्म राम्रो भयो भने दर्शक आउछन् भन्ने ‘सूर्यबंशी’ ले प्रमाणीत गरेको छ’ निर्माता अर्जुन कुमारले भने, ‘हाम्रो फिल्म पनि राम्रो बनेको छ । दर्शक पाउँछ ।’
यस अगाडि २०७६ साल चैत्र २७ गतेलाई प्रदर्शन मिति तोकिएको फिल्म कोरोना महामारीका कारण लकडाउन भएपछि प्रदर्शन स्थागित भएको थियो ।
निकेश खड्काको निर्देशन रहेको सस्पेन्स, थ्रिलर कथामा बनेको फिल्ममा स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट लगायतका कलाकारको मुख्य भूमिका छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको ठमेलमा विद्युत् सर्ट हुँदा आगलागी
-
गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन : चित्र बहादुर केसी
-
फरक मत व्यवस्थापन गर्न नसक्दा माओवादीमा शृङ्खलाबद्ध टुटफुट
-
कुलेखानी तेस्रो जलविद्युत आयोजनाको युनिटमा समस्या
-
भारतमा रहेका नेपालीहरूलाई सुरक्षा सम्बन्धी निर्देशन पालना गर्न दूतावासको आग्रह
-
अखिल (क्रान्तिकारी) आरआर क्याम्पस इकाइका पदाधिकारीद्वारा केन्द्रीय सचिव र इकाइ अध्यक्षलाई कारबाहीको माग