फिल्म शुटिङको क्रममा जब ऐश्वर्याको कानबाट रगत बग्यो...
बलिउड उद्योगको फिल्म ‘देवदास’ ले फिल्म क्षेत्रको सबै रेकर्ड तोडेको छ । सबैको ओठमा यो फिल्मको गीत अझै पनि गुन्जिरहन्छ । शरत चन्द्र चट्टोपाध्यायको नावेलमा आधारित उक्त फिल्मको निर्देशन सञ्जय लीला भन्सालीले गरेका हुन् । फिल्ममा शाहरुख खान, माधुरी दीक्षित, ऐश्वर्या राय मुख्य भूमिकामा थिए । फिल्मको सिनले मात्र होइन, गीतले पनि दर्शकको मन जित्न सफल भएको थियो । ऐश्वर्या रायको यसै फिल्मसँग जोडिएको एक कहानी छ ।
फिल्मको गीत ‘डोला रे डोला’ मा माधुरी दीक्षित र ऐश्वर्या राय एक साथ नाचिरहेका थिए । फिल्मको यो गीत अत्यधिक महँगो रहेको थियो । यो गीतमा माधुरी र ऐश्वर्याले नृत्य प्रस्तुत गरेका थिए । यो गीतको सुटिङका लागि २.५ करोड खर्च गरेका थिए । यो गीतको कोरियोग्राफ सरोज खानले गरेकी थिइन् । यसै गीतको सुटिङको क्रममा ऐश्वर्याको कानमा लगाएको झुम्काले कान काटेको थियो । भारी झुम्काका कारण उनको कानबाट रगत बग्न थाल्यो । तर, ऐश्वर्या नाच्नमा यति मग्न थिइन् कि उनले कानको चोटलाई ध्यानै दिइनन् ।
उनले उक्त फिल्मका लागि ‘बेस्ट एक्ट्रेस’ को फिल्मफेयर र आइफा अवार्ड जित्न सफल भएकी थिइन् । उनको यो फिल्म र गित दुवैको निकै चर्चा हुने गर्छ । यसलाई निकै मन पनि पराइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादी केन्द्रको पक्षमा देशव्यापी नयाँ लहर सुरु भएको छ : प्रचण्ड
-
दक्षिण कोरियामा माछा मार्ने डुङ्गा पल्टिँदा तीन जना बेपत्ता
-
नेपाल–स्टोनिया चेम्बर अफ कमर्स स्थापना हुने
-
एलिनाले भनिन्– ‘विवाह गर्न हतार गरेछु’
-
अध्यादेशको सही कार्यान्वयन हुनसके बेरोजगारदर घटाउन सकिन्छ: अध्यक्ष ढकाल
-
ट्रम्प युगमा विश्व व्यापारको दिशा