शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

कस्तो छ प्रदेश १ मा औद्योगिक उत्पादनको स्थिति ?

सोमबार, २२ कात्तिक २०७८, १२ : ५६
सोमबार, २२ कात्तिक २०७८

आर्थिक वर्ष २०७७/७८ मा प्रदेश १ को औद्योगिक उत्पादन घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा औद्योगिक उत्पादन घटेको हो । अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा प्रदेशका उद्योगहरुको औसत उत्पादन क्षमता ५७.५ प्रतिशत थियो । जुन, गत आर्थिक वर्षमा घटेर ५२.९ प्रतिशतमा आइपुगेको हो ।

राष्ट्र बैंकले गरेको प्रदेशको आर्थिक गतिविधि अध्ययनले प्रदेशमा गत वर्ष कपडा उद्योगको उत्पादन ३८८ प्रतिशतले बढेको उल्लेख छ । यस्तै, गत वर्ष इट्टाको उत्पादन ७६ प्रतिशतले घटेको छ । कोभिड–१९ महामारीका विदेश (चीन)बाट कपडाको आयात हुन नसक्दा स्वदेशी उद्योगको उत्पादन क्षमता बढेको देखिएको छ । यस्तै, महामारी रोक्न गरिएको लकडाउन र निषेधाज्ञाका कारणले भारतीय कामदार नआउँदा उद्योग प्रभावित बन्दा इट्टाको उत्पादन घटेको हो ।

यस्तै, प्रदेशमा रहेका उद्योगमध्ये धागोको उत्पादन २६ प्रतिशत, फलामे छड तथा जस्तापाताको उत्पादन १४ प्रतिशत, भटमासको तेलको उत्पादन १० प्रतिशतले बढ्दा वनस्पति घिउको उत्पादन घटेको छ । वनस्पति घिउ उत्पादन गर्ने उद्योग तेल उत्पादनतर्फ लागेपछि घिउको उत्पादन घटेको केन्द्रीय बैंकको अध्ययनले देखाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप