सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

युरोपमा एक महिनामा ५५ प्रतिशतले बढे कोरोना सङ्क्रमित

सोमबार, २२ कात्तिक २०७८, १२ : ११
सोमबार, २२ कात्तिक २०७८

युरोपमा पछिल्लो महिना कोरोना सङ्क्रमणको मामिला ५५ प्रतिशतले वृद्धि भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले युरोप हाल कोरोना सङ्क्रमणको इपिसेन्टर बनेको छ । डब्लूएचओका अनुसार युरोप र मध्य एसियाका ५३ देशमा सङ्क्रमणको दर गम्भीर चिन्ताको विषय बनिरहेको छ ।

युरोपसँगै चीन, अमेरिकासहित विश्वका कयौँ देशमा कोरोना सङ्क्रमितको सङ्ख्या बढेको कारण त्यहाँका सरकार चिन्तित रहेका छन् । पछिल्लो एक हप्तामा युरोपमा मात्र १.८ करोड नयाँ सङ्क्रमित थपिएका छन् । गत हप्ताको तुलनामा यो ६ प्रतिशतले बढी हो । यो आँकडा किन चिन्ताजनक भने युरोपका आधाभन्दा जनसङ्ख्याले पूर्णरुपमा खोप लगाएका छन् । कयौँ देशले त ७० प्रतिशतभन्दा बढी जनसङ्ख्यालाई खोप लगाइसकेका छन् । इटाली, जर्मनी, पोर्चुगल, स्लोभेनिया, ग्रीस र फ्रान्स लगायत देशमा सङ्क्रमण तीव्र रूपमा बढिरहेको छ ।

जर्मनीमा चार नोभेम्बरमा ३७ हजारभन्दा बढी सङ्क्रमित फेला परेका छन् । यसअघि २२ डिसेम्बरमा ३६ हजार बढी सङ्क्रमित फेला परेका थिए । नोभेम्बरको सुरुवाती ४ दिनमा मात्र ६ सय १६ जनाको मृत्यु भएको छ । त्यस्तै, हंगेरीमा पनि पछिल्लो हप्ताको तुलनामा दोब्बरले सङ्क्रमित थपिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप