शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

विशेष आर्थिक क्षेत्रमा मदिराजन्य र हातहतियारजन्य उद्योग खोल्न नपाइने

सोमबार, २२ कात्तिक २०७८, १२ : ०६
सोमबार, २२ कात्तिक २०७८

विशेष आर्थिक क्षेत्रमा मदिराजन्य र सुर्तीजन्य वस्तु उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ । यससँगै, हातहतियारजन्य र विष्फोटक उद्योग समेत खोल्न नपाइने व्यवस्था गरिएको छ । सरकारले विशेष आर्थिक क्षेत्र पहिलो संशोधन विनियमावली २०७८ मार्फत यस्तो व्यवस्था गरेको हो ।

विनियमावली संशोधन भएपछि चुरोट, बिँडी, खैनी, सिगार तथा सुर्तीजन्य वस्तु उत्पादन गर्ने उद्योग खोल्न नपाइने भएको छ । यस्तै, ब्रान्डी, साइडर, वाइन, बियर तथा मदिरा उत्पादन गर्ने, विस्फोटक पदार्थ उत्पादन गर्ने र हातहतियार, गोली गठ्ठा, बारुद उत्पादन गर्ने उद्योग खोल्न नपाइने भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप