मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

चाडबाडमा मिठाई–पकवानले बिग्रियो स्वास्थ्य ? यी ८ तरिकाले शरीरलाई गर्नुहोस् डिटक्स

सोमबार, २२ कात्तिक २०७८, ११ : ५७
सोमबार, २२ कात्तिक २०७८

तिहारजस्तो चाडबाड मिठाई बिना अधुरो हुन्छ । हरेक घरमा मिठाईका साथै स्वादिष्ट पकवानको पनि प्रबन्ध मिलाइएको हुन्छ । रुटीन डाइटको वास्ता नगरीकन मानिसहरु यस्ता खानेकुराको बेस्सरी मज्जा लिन्छन् । यस्ते हाई क्यालोरी, स्याचुरेटेड फ्याट र रिफाइन्ड सुगरयुक्त खानेकुराले स्वास्थ्यलाई खराब बनाइदिन्छ । त्यसैले खाएपछि यसलाई डिटक्स गर्न पनि असाध्यै आवश्यक छ । यदि चाडपर्वमा तपाईं यस्ता खाना खाएर तपाईंको स्वास्थ्य खराब भएके छ भने बडी डिटक्सिफिकेशका केही तरिकाले तपाईंलाई राहत लिनसक्छ ।

बिहान मनतातो पानी पिउनुहोस्ः

तपाईं दिनको सुरुवात कागती पानीले गर्नुहोस् । एक गिलास मनतातो पानीमा आधा चम्चा कागतीको रस हाल्नुहोस् । कागती पानीले शरीरलाई तीब्र रुपमा डिटक्स गर्छ ।

प्रोटिनले शरीरको सफाई गर्नेछः

तौल घटाउन प्रोटिन सबैभन्दा बडी प्रभावकारी मानिन्छ । प्रोटिनले मांसपेशी बन्न मद्दत गर्छ । आफ्नो खानामा अण्डा, कुखुराको मासु, बिन्स, दाललगायतका खानेकुरा समावेश गर्नुहोस् । यसले तपाईंको भोकलाई नियन्त्रण गर्नुका साथै क्यालोरीको मात्रा पनि कम गर्छ र यसले तौल घटाउन पनि मद्दत गर्छ ।

फाइबरले प्राकृतिक डिटक्सिफिकेसनः

फाइबरलाई एउटा प्राकृतिक डिटक्सिफिकेसन एजेन्ट मानिन्छ । आफ्नो खानामा धेरैभन्दा धेरै फाइबर संलग्न गर्नुहोस् । यसका लागि तपाईंले धेरैभन्दा धेरै काँक्रो, गाजर, सलाद, टुसा उम्रेका गेडागुडी र हरियो पत्तेदार सागसब्जी खानुहोस् । यसले तपाईंको शरीरलाई भित्रैदेखि बलियो बनाउँछ ।

एकै पटक धेरै खानेकुरा नखानुहोस्ः

स्वस्थ खानेकुरा र समयको बचतका लागि खानको तयारी पहिले नै गर्नु एउटा राम्रो तरिका मानिन्छ । यस्ता योजना बनाउनुहोस् जसमा थोरै थोरै गरेर धेरै पटक खानुहोस् । यस्तो गर्दा तपाईंलाई भोक कम लाग्नेछ र तपाईं धेरै खाने बानीबाट बच्नुहुनेछ ।

पर्याप्त पानी पिउनुहोस्ः

चाडपर्वमा अस्वस्थकर खानेकुरा खाएपछि शरीरलाई डिटक्स गर्न निकै जरुरी छ र यसका लागि पानीभन्दा राम्रो अरु केही हुनै सक्दैन । दिनभरी ८–९ गिलास पानी पिउनुहोस्, यसो गर्दा तपाईंको शरीरबाट सबै टक्सिन बाहिर निस्कनेछ । पानी पिइरहँदा तपाईंलाई आफू ऊर्जावान् भइरहेको महसुस हुन्छ । पर्याप्त पानी पिउँदा तपाईंको पाचन तन्त्र राम्रो रहन्छ र निद्रा पनि मिठो लाग्छ ।

ताजा फलफूल र सागसब्जीः

तपाईंले खानामा कार्ब्स र फ्याटजस्ता खानेकुरा समावेश गर्नुहोस् । आफ्नो डाइटलाई ताजा फलफूल, सागसब्जी, दाल, नट्स र सीड्सले भरपुर बनाउनुहोस् । यसो गर्दा तपाईंको तौल पनि तीब्र रुपमा घट्नेछ ।

मासुबाट टाढै बस्नुहोस्ः

चाडपर्व सिद्धिएपछि आफ्नो पाचन तन्त्रलाई निकै कम दबाब दिनुहोस् । यसका लागि तपाईंले हल्का खाना खानुहोस् । खानामा रातो मासुलाई सकेसम्म समावेश नगर्नुहोस् र सागपातबाट पाइने प्रोटिनको मात्रा बढाउनुहोस् ।

पर्याप्त निद्राः

निद्राको कमीको असर तपाईंको स्वास्थ्यमा पर्न सक्छ । चाडपर्व सिद्धिसकेको छ र तपाईं सबैभन्दा पहिला निद्रा पूर्यानुहोस् । सुत्नुअघि एक कप बेसार दुधमा केही दालचिनी, अदुवाको पाउडर र सख्खर मिसाउनुहोस् । यसले तपाईंको प्रतिरोधी क्षमता बढाउनेछ र तपाईंलाई मिठो निद्राका लागि सघाउ पुर्याउँछ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप