फिल्म ‘कुइनेटो’ले ल्यायो गीत ‘जलेको जल्यै’
![फिल्म ‘कुइनेटो’ले ल्यायो गीत ‘जलेको जल्यै’](https://rpcdn.ratopati.com/media/albums/ku_PI2uOITagi.jpg)
माधवराज खरेलको निर्देशन रहेको फिल्म हो, ‘कुइनेटो’ । फिल्मको प्रदर्शन मिति तय गरिएको छैन । तर निर्माण युनिट भने प्रचार प्रसारमा जुटिसकेको छ ।
यस्तैमा फिल्मले ‘जलेको जल्यै’ बोलको वियोगान्त गीत सार्वजनिक गरेको छ । गीतमा पुरुषोत्तम लोहानीको शब्द, अनिल विरहीको संगीत र राज सागरको स्वर छ । फिल्मका कलाकार श्रीदेव भट्टराई र सानिया खान माथी छायाँकन गरिएको गीत सुदूरपश्चिमको विभिन्न रमणीय एवं पर्यटकीय स्थान छायाँकन भएको छ ।
प्रेमकथा कलात्मक रुपमा प्रस्तुत गरिएको बताइएको फिल्ममा अछामी भाषा र संस्कृतिलाई प्रथामिकताका साथ प्रस्त्त गरिएको निर्देशक खरेलले बताए ।
कमला जोशीको प्रस्तुति रहेको फिल्ममा श्रीदेव भट्टराई, सानिया खान, श्रीजु अधिकारी, केशव सापकोटा, मनिराज लिम्बु, नवराज रिमाल, गंगा भुजेल, मोतीराम जैशी, सिद्धान्त क्षेत्री, साहिल चौधरी, दिपेश जैसी लगायतको अभिनय छ ।
किरण दाहालको द्वन्द्व निर्देशन, रुपेश उप्रेतीको नृत्य, जनकराज अधिकारी र जीवन पराजुलीको छायांकन, प्रदीप दाहाल र राजेश कुमारको सम्पादन फिल्ममा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्षतिग्रस्त बीपी राजमार्ग : स्रोत सुनिश्चित गर्दै सरकार
-
प्रचण्ड विध्वंस गर्दै हिँड्छन्, अरूलाई पनि त्यस्तै देख्छन् : योगेश भट्टराई
-
संसद् भवन प्रवेश गर्न खोजेको आरोपमा एक जना नियन्त्रणमा
-
चीनमा बिहे गर्नेको संख्या घट्यो
-
मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभाबाट सर्वसहमतिले पारित
-
आफैँमाथि चक्कु हान्नेलाई किन बिचरा भन्दैछन् सैफ अली खान ?