शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय

भारतको अहिलेसम्मकै धेरै आईपीओ बिक्री खुला

सोमबार, २२ कात्तिक २०७८, ११ : ३२
सोमबार, २२ कात्तिक २०७८

भारतमा आजदेखि अहिलेसम्मकै धेरै साधारण सेयर (आईपीओ) बिक्री खुला भएको छ । भारतको डिजिटल वालेट पेटीएमले अहिलेसम्मकै सबैभन्दा ठूलो आईपीओ बिक्री खुलाएको हो । कम्पनीले आईपीओ बिक्री गरेरै एक खर्ब ८३ अर्ब भारतीय रुपैयाँ (१८ हजार ३०० करोड भारू) जुटाउने योजना बनाएको छ ।

यसअघि, कोल इन्डियाले एक खर्ब ५० अर्ब भारतीय रुपैयाँ (१५ हजार करोड भारू) र रिलायन्स पावरले एक खर्ब २० अर्ब भारू (१२ हजार करोड भारू) को आईपीओ बिक्री गरेको थियो । पेटीएम भारतको डिजिटल वालेट कम्पनी हो । भारतीयले लगानीकर्ता संस्थापक रहेको यस कम्पनीमा चिनको अलिबाबा समूह र नेदरल्याण्ड्सका लगानीकर्ताको समेत लगानी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप