चिसोमा बढ्छ युरिक एसिड, कसरी छुटकारा पाउने ?
पछिल्लो समयउ युरिक एसिडको समस्या धेरैलाई देखिन थालेको छ । हरेक ५ व्यक्तिमा २ जनालाई युरिक एसिडको समस्या हुन्छ । यो समस्या चिसोमा झन् धेरै बढ्छ । त्यसैले चिसो मौसममा युरिक एसिडको समस्या हुनेहरुले विशेष ध्यान दिन आवश्यक छ ।
शरीरमा केही तन्तुहरुले खाद्य पदार्थलाई प्युरिन नामक प्रोटिनमा परिवर्तन गर्छ । प्युरिन प्रोटिन टुक्रिँदा एसिड बन्छ । यो मिर्गौलामार्फत छानिएर बाहिर निस्किन्छ । एसिड मिर्गौलामार्फत छानिएर बाहिर गएन भने रगतमा मिसिन्छ । र विस्तारै–विस्तारै क्रिस्टलका रुपमा हड्डिहरुको बीचमा जम्मा हुन्छ । जसलाई युरिक एसिड भनिन्छ ।
युरिक एसिड बढ्ने कारणहरु :
–अत्यधिक मदिरा सेवन गर्नु
–थाइराइड
–मोटोपना
–पानी नपिउनु
–मिर्गौलाले फिल्टर गर्न नसक्नु
–भिटामिन बी–३ को कमि
युरिक एसिडबाट छुटकारा पाउन के गर्ने ?
भिटामिन सी
युरिक एसिड नियन्त्रणका लागि हरेक दिन भिटामिन सीको सेवन गर्न आवश्यक छ । सधैं बिहान मनतातो पानीमा कागतीको रस मिसाएर पिउँदा युरिक एसिड नियन्त्रण हुन्छ ।
ज्वानो
युरिक एसिड कम गर्नका लागि ज्वानोको सेवन सबैभन्दा उत्तम मानिन्छ । हरेक बिहान खाली पेटमा ज्वानोको पानी पिउँदा यसबाट आराम मिल्छ । ज्वानोमा पाइने पोषक तत्व, एन्टिअक्सिडेन्ट, ओमेगा–३, फ्याटी एसिड जस्ता औषधिय गुणहरुले युरिक एसिड नियन्त्रण गर्छ ।
अलसी
अलसीलाई रातभर पानीमा भिजाएर राख्ने र बिहान खाली पेटमा चपाएर खाने गर्नुस् । यसबाट युरिक एसिड नियन्त्रण हुन्छ ।
एप्पल साइडर भिनेगर
खाली पेटमा एक गिलास पानीमा एक चम्चा एप्पल साइडर भिनेगर मिसाएर खाँदा युरिक एसिड नियन्त्रण हुन्छ । यसमा भिटामिनहरु, एन्जाइम र प्रोटिन जस्ता पोषक तत्वहरु पाइन्छन् ।
जैतुनको तेल
जैतुनको तेलमा भिटामिन ई, अन्य पोषक तत्व, एन्टिअक्सिडेन्ट, औषधिय गुणहरु आदि हुन्छन् । यसले युरिक एसिड नियन्त्रण गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४७ वर्षको अन्तरालमा आएका दुईवटा कालो दिन अर्थात् माघ १९
-
दोस्रो परदेश यात्राको तयारीमा शालीनदीस्थित माधवनारायणका व्रतालु
-
बागलुङमा रु २६ करोड ४६ लाखको सुन्तला बिक्री
-
ट्रम्प प्रशासनलाई इरानको चेतावनी : ‘परमाणु सुविधामा दख्खल दिए ठूलो युद्ध हुन्छ’
-
उदिपुर पहिरो रोकथाम अन्तिम चरणमा
-
देशमा पश्चिमी वायुको सामान्य प्रभाव, कस्तो रहला आजको मौसम ?