शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपालमा आज विदेशी मुद्रा साट्दा कति रुपैयाँ पाइन्छ ?

सोमबार, २२ कात्तिक २०७८, १० : ४७
सोमबार, २२ कात्तिक २०७८

नेपाल राष्ट्र बैंकले आज (सोमबार) नेपालमा सोमबार एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ८४ पैसा र बिक्रीदर ११९ रुपैयाँ ४४ पैसा तोकेको छ । चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १८ रुपैयाँ ६७ पैसा निर्धारण गरेको केन्द्रीय बैंकले यूरोपेली मुद्रा यूरोको खरिददर १३७ रुपैयाँ ४७ पैसा र बिक्रीदर १३८ रुपैयाँ १६ पैसा हुने जनाएको छ ।

बेलायती पाउण्ड स्र्टेलिङको खरिददर १६० रुपैयाँ ४० पैसा र बिक्रीदर १६१ रुपैयाँ २१ पैसा निर्धारण भएको छ । स्वीस फ्य्राङ्क एकको खरिददर १३० रुपैयाँ २६ पैसा र बिक्रीदर १३० रुपैयाँ ९२ पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ९७ पैसा र बिक्रीदर ८८ रुपैयाँ ४१ पैसा तोकिएको छ ।

क्यानेडियन डलरको खरिदद आज ९६ रुपैयाँ ३६ पैसा र बिक्रीदर ९५ रुपैयाँ ८४ पैसा निर्धारण गरेको राष्ट्र बैंकले सिंगापुर डलर एकको खरिददर ८८ रुपैयाँ र बिक्रीदर ८८ रुपैयाँ ४४ पैसा तोकेको छ । जापानी ऐन १० को खरिददर १० रुपैयाँ ४८ पैसा र बिक्रीदर १० रुपैयाँ ५३ पैसा निर्धारण गरेको छ ।

आज साउदी अरेबियन रियाल एकको खरिददर ३१ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ८४ पैसा निर्धारण गरिएको छ भने कतारी रियाली एकको खरिददर ३२ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८० पैसा तोकिएको छ । यसैगरी थाई भाट एकको तीन रुपैयाँ ५८ पैसा र बिक्रीदर तीन रुपैयाँ ६० पैसा, यूएई दिर्हाम एकको खरिददर ३२ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५२ पैसा तथा मलेसियन रिंगेट एकको खरिददर २८ रुपैयाँ ५७ पैसा र बिक्रीदर २८ रुपैयाँ ७१ पैसा निर्धारण गरिएको छ । 

दक्षिण कोरियाली वन १०० को खरिददर १० रुपैयाँ ६ पैसा र बिक्रीदर १० रुपैयाँ ११ पैसा तोकिएको छ । हङकङ डलर एकको खरिददर १५ रुपैयाँ २७ पैसा र बिक्रीदर १५ रुपैयाँ ३५ पैसा निर्धारण गरेको केन्द्रीय बैंकले कुबेती दिनारको खरिददर ३९३ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३९५ रुपैयाँ ७३ पैसा तथा बहराइन दिनार एकको खरिददर ३१५ रुपैयाँ २१ पैसा र बिक्रीदर ३१६ रुपैयाँ ८० पैसा निर्धारण गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप