बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बालबालिकालाई यसरी सेक्स र ड्रग्स पस्किँदैछ टिकटक

सोमबार, २२ कात्तिक २०७८, ०९ : १६
सोमबार, २२ कात्तिक २०७८

बब बेरी, जर्जिया वेल्स, जोन वेस्ट, जोआना स्टर्न र सेजन फ्रेन्च

टिकटकमा आफ्नो एकाउन्ट खोलेपछि एक १३ वर्षीय प्रयोगकर्ताले ‘अन्ली फ्यान्स’ सर्च गर्न थाले । ‘अन्ली फ्यान’ एडल्टको मनोरञ्जनका लागि आवश्यक सामाग्री अपलोड गर्न चिनिएको साइट हो । यसपछि यी प्रयोगकर्ताले केही भिडियोहरू हेरे, जसमा दुई वटामा पोर्नोग्राफी पनि बेचिरहेको थियो ।

यसपछि यी प्रयोगकर्ताले ‘फर यु’ फिड नियाले । यहाँ धेरै प्रयोगकर्ताहरूले हेर्ने गरेका लोकप्रिय भिडियोहरू टिकटकले देखायो । तर, बालबालिका प्रयोगकर्ताको सेक्सप्रतिको इच्छालाई एपले बिर्सिएन, तत्कालै उसले यौन सामाग्रीहरू समेटिएका दर्जनौँ भिडियोहरू पठायो । त्यस्ता, भिडियोहरू पनि थिए, जहाँ कलाकारहरूले केयर गिभरहरूसँग सम्बन्ध बनाएको अभिनय थियो । एउटा भिडियोमा अत्यन्तै उत्तेजक कपडा लगाएकी एक युवतीलाई पुरुषले भनिरहेका हुन्छन्, ‘स्वतन्त्रसँग रोऊ । तिमीलाई थाहा छ यो ड्याडीको फेभरेट हो ।’

यस एपको अल्गोरिदमले ती प्रयोगकर्तालाई त्यस्तो र्‍याबिट होलमा छिराएको थियो, जसलाई धेरै प्रयोगकर्ताहरूले ‘किन्कटक’ भन्छन् । यसमा कोर्रा, चेन र यातना दिने खालका सामाग्रीहरू हुन्छन्, जसमध्ये केही सामाग्रीहरू टिकटमा प्रतिबन्धित छन् ।

जब प्रयोगकर्ताले यौनजन्य सामाग्रीमा धेरै समय बिताउँदै फिडमा आएका भिडियोहरू स्क्रोल गर्न थाले, तब फर यु फिडमा चाँडै नै यस्ता सामाग्री र हिंसाका भिडियोहरू हाबी भयो ।

यस एपको अल्गोरिदमले ती प्रयोगकर्तालाई त्यस्तो र्‍याबिट होलमा छिराएको थियो, जसलाई धेरै प्रयोगकर्ताहरूले ‘किन्कटक’ भन्छन् । यसमा कोर्रा, चेन र यातना दिने खालका सामाग्रीहरू हुन्छन्, जसमध्ये केही सामाग्रीहरू टिकटमा प्रतिबन्धित छन् ।

अमेरिकी सञ्चारमाध्यम वाल स्ट्रिट जर्नल (डब्ल्युएसजे) ले बनाएका दर्जनौँ स्वचालित अकाउन्ट (बट्स) मध्ये यो एक थियो । टिकटकले युवा प्रयोगकर्तालाई के देखाउँदैछ भनेर बुझ्नका लागि डब्ल्युएसजेले यस्तो गरेको थियो । १३ देखि १५ वर्ष उमेर राखेर रजिस्टर्ड गरिएका यस्ता बटले टिकटकको ‘फर यु’ फिड चलाइरहेका थिए । यो अल्गोरिदमबाट क्युरेट गरिएको अति गोप्य र कहिल्यै नसकिने फिड हो ।

बालबालिकाका एकाउन्टमा देखिएका ड्रग्स, पोर्नोग्राफी र अन्य यौनजन्य सामाग्रीहरू सम्बन्धी ९ सय ७४ वटा भिडियो जर्नलले टिकटकसँग शेयर गर्‍यो । यसमध्ये जर्नलले पठाउनुअघि नै १ सय ६९ वटा भिडियो टिकटकबाट हटिसकेका थिए । यी भिडियो टिकटकले हटायो वा अपलोड गर्ने व्यक्तिले हटाए भन्ने पत्ता लगाउन सकिएन । बाँकी २ सय ५५ वटा भिडियोहरू कम्पनीलाई जर्नलले पठाएपछि हटाइयो ।

यी अकाउन्टमा टिकटकले आफ्ना शक्तिशाली एल्गोरिदममार्फत् पठाएका भिडियोहरूको विश्लेषण गर्दा टिकटकले चाडै बालबालिकाहरूलाई सेक्स र ड्रग्सका असङ्ख्य अत्यहिन भिडियोहरू पठाउन सक्ने देखिन्छ, बालबालिकाहरू यस एपका सबैभन्दा ठुला प्रयोगकर्तामध्ये पर्छन् ।

१३ वर्षका एक बालकको नाममा खोलिएको एकाउन्टमा टिकटकले ड्रग्सको प्रयोग, कोकिनको सिफारिसलगायत विषयसँग सम्बन्धित कम्तीमा ५ सय ६९ भिडियोहरू पठायो, यसमा ड्रग्स उत्पादन र प्रतिबन्धित सामाग्रीहरूको अनलाइन बिक्रीसम्बन्धी प्रवर्द्धनात्मक भिडियोहरू थियो ।

डब्ल्युएसजेले बालबालिकाका नाममा खोलेका अन्य एकाउन्टहरूमा पनि यस्ता सयौँ भिडियो देखिएको थियो ।

पेड पोर्नोग्राफी साइट र सेक्स सपको सिफारिस गर्ने १ सयभन्दा पनि एकाउन्टका भिडियोहरू बालबालिका किशोर–किशोरीका एकाउन्टमा देखिएको थियो । हजारौँ अन्य भिडियोहरू त्यस्ता प्रयोगकर्ताको थियो, जसले आफ्नो सामाग्रीलाई ‘वयस्क’ का लागि मात्रै भनेर लेखेका थिए ।

कतिले भोजन विकार र अल्कोहलको बढाई–चढाइ गरिरहेका थिए । त्यहाँ मदिरा लिँदै गाडी कुदाइरहेको र ड्रिङकिङ गेम्सका तस्बिर थिए ।

बालबालिकाका एकाउन्टमा देखिएका ड्रग्स, पोर्नोग्राफी र अन्य यौनजन्य सामाग्रीहरू सम्बन्धी ९ सय ७४ वटा भिडियो जर्नलले टिकटकसँग शेयर गर्‍यो । यसमध्ये जर्नलले पठाउनुअघि नै १ सय ६९ वटा भिडियो टिकटकबाट हटिसकेका थिए । यी भिडियो टिकटकले हटायो वा अपलोड गर्ने व्यक्तिले हटाए भन्ने पत्ता लगाउन सकिएन । बाँकी २ सय ५५ वटा भिडियोहरू कम्पनीलाई जर्नलले पठाएपछि हटाइयो । यसमध्ये दर्जनौँ भिडियोहरू वयस्कलाई ‘केयरगिभर’ को भूमिकामा खेलाएर तयार गरिएका एडल्ट कन्टेन्ट थिए ।  भिडियोमा केयरगिभरको भूमिका निभाएकी एक युवतीले बालबालिकाहरूको फिडबाट टिकटकले यस्ता वयस्क सामग्री हटाए राम्रो हुने प्रतिक्रिया दिइन् । ‘मेरो बायोमा १८ प्लस भनेर उल्लेख गरिएको छ, तर यसलाई नियन्त्रण गर्ने वास्तविक उपाय मसँग छैन,’ उनले म्यासेजमा लेखिन्, ‘कुनै बालबालिकालाई मेरो कन्टेन्ट देखाउने कुरामा टिकटकसँग म सहमत छैन ।’

टिकटककी प्रवक्ताले व्यक्तिगत भिडियोका कन्टेन्टहरूबारे टिप्पणी गर्न अस्वीकार गरिन्, तर प्रायजसोले निर्देशिका उल्लङ्घन नगरेको दाबी उनले गरिन् । जर्नलद्वारा तयार गरिएका एकाउन्टमार्फत हेरिएपछि टिकटकले केही भिडियोहरू हटाएको उनले बताइन् । उनले एकबाट अर्को प्रयोगकर्तामा सिफारिस गर्ने कार्य बन्द गर्नका लागि अन्य भिडियोहरूको वितरणमा कडाइ गरिएको पनि बताइन्,  तर कतिवटा भिडियोबारे यस्तो गरियो भन्ने खुलाइनन् ।

ती प्रवक्ताका अनुसार टिकटकले वयस्क र बालबालिकालाई पठाउने भिडियोमा फरक गर्दैन, तर युवा र बालबालिका प्रयोगकर्ताका लागि सामाग्रीहरू फिल्टर गर्ने टुल विकास गर्नेबारे टिकटकले सोचिरहेको उनले बताइन् ।

यो शक्तिशाली सिग्नलमार्फत टिकटकले तपाईंंको दमित इच्छा र भावनाबारे जानकारी हासिल गर्छ । यसपछि आफ्ना कन्टेन्टहरूको ‘र्‍याबिट होल’ तर्फ प्रयोगकर्तालाई लैजान्छ । यी फिडहरू प्रायः विशेष शीर्षक वा थिमले हाबी हुन्छन् ।

टिकटकको नीतिले प्रयोगकर्ता कम्तीमा १३ वर्षको हुनुपर्ने र १८ वर्षमुनिका प्रयोगकर्ताले आमा–बाबुको अनुमति लिनुपर्ने भन्छ ।

‘बालबालिकाको सुरक्षा निकै महत्त्वपूर्ण छ । र, टिनएजरको उमेर अनुसारको अनुभव तथा सुरक्षाको प्रवर्द्धनका लागि टिकटकले इन्ड्रस्टी–फर्स्ट स्टेप लागु गरेको छ,’ प्रवक्ताले पठाएको विज्ञप्तिमा भनिएको छ ।

आफ्ना बालबालिकाका निम्ति स्क्रिन टाइम र प्राइभेसी सेटिङ म्यानेज गर्ने अनुमति टिकटकले अभिभावकहरूलाई दिएको पनि उनले स्मरण गराइन् ।

दुर्व्यसनको मेसिन

जर्नलले यसअघि गरेको अनुसन्धानले देखाएको थियो –प्रयोगकर्ताले के चाहन्छन् भनेर पत्ता लगाउनका लागि टिकटकलाई एउटै प्रमुख सूचना भए पुग्छ : तपाईं  कति समय कुन सामाग्रीमा अल्झनुहुन्छ । तपाईं रोकिएको, भिडियो हेर्न अप्ठेरो लागेको वा फेरि भिडियो हेरेको अवस्थालाई एपले जानकारीमा राखिरहेको हुन्छ ।

यो शक्तिशाली सिग्नलमार्फत टिकटकले तपाईंंको दमित इच्छा र भावनाबारे जानकारी हासिल गर्छ । यसपछि आफ्ना कन्टेन्टहरूको ‘र्‍याबिट होल’ तर्फ प्रयोगकर्तालाई लैजान्छ । यी फिडहरू प्रायः विशेष शीर्षक वा थिमले हाबी हुन्छन् ।

यस्तो अनुभवलाई रोक्न युट्युबजस्ता अन्य सामाजिक सञ्जाल कम्पनीहरूले संघर्ष गरिरहनुपरेको छ । ‘हामीले युट्युबमा देखेका सबै समस्याहरू इन्गेजमेन्टमा आधारित एल्गोरिदम्सका कारण हुन् । र, टिकटक पनि ठ्याक्कै यस्तै छ, तर यो थप खराब छ,’ युट्युबका पूर्व इन्जिनियर गिलौम चासलोटले भने,‘टिकटकको एल्गोरिदमले चाडै पढ्न सक्छ ।’ चासलोटले पहिले युट्युबको एल्गोरिदममा काम गरेका थिए र अहिले यी कम्पनीहरूले यस्ता उपकरण चलाउँदा पारदर्शी हुनुपर्छ भन्ने पक्षमा वकालत गर्छन् ।

जर्नलले आफ्ना सबै ३१ वटा बालबालिका एकाउन्टमा जन्म मिति र आईपी एड्रेस हालेको थियो ।

धेरैजसोमा विभिन्न इन्ट्रेस्टहरू पनि प्रोग्राम्ड गरिएको थियो । टिकटकले सम्बन्धित ह्यासट्याग वा तस्बिर, भिडियोमा अल्झिएको वा एक भिडियोबाट चाडै अर्को स्क्रोल भएको पत्तो पाएपछि यसबारे जान्यो ।

धेरैजसो एकाउन्टहरूले कन्टेन्टहरू सर्च गरेनन्, बरु आफ्नो फिडमा आउने भिडियोहरू हेरे ।

 यसले यसरी काम गर्‍यो 

एउटा बटलाई ड्रग्ससँग सम्बन्धित भिडियोमा रहनेगरी प्रोग्राम्ड गरिएको थियो । टिकटकमा आफ्नो पहिलो दिन यो एकाउन्ट एउटा त्यस्तो भिडियोमा अल्झियो ः जहाँ एक महिला जंगलमा अघि बढ्दै थिइन् । क्याप्सनमा उनी गाँजाको खोजीमा छिन् भन्ने संकेत गरिएको थियो ।

अर्को दिन यो एकाउन्टले गाजाको थिममा तयार गरिएको केकको भिडियो पनि हेर्‍यो ।

लगत्तै यो बालबालिका एकाउन्टको फिडमा ड्रग्स र ड्रग्सको प्रयोगबारे विज्ञापन गरिएका, गाँजाको विज्ञापन गरिएका हजारौँ भिडियोहरू आउन थाले ।

एउटा भिडियोमा चुरोट तानिरहेका एक व्यक्ति थिए र उनले ‘४२० फ्रेन्डली (गाँजाको कोड) वेबसाइटबारे बोलिरहेका थिए । उनले सबैलाई राम्रो गाँजा उपलब्ध गराउने पनि बताइरहेका थिए ।

१३ वर्षे बालबालिकाको रजिस्टर्ड एकाउन्टमा भिडियो देखाइएको विषयमा प्रश्न राख्दा ४२० फ्रेन्डली वेबसाइटको प्रवर्द्धन गरिरहेका सर्जकले कुनै प्रतिक्रिया दिएनन् । 

अन्त्यमा, जर्नलका ३१ वटा एकाउन्टमध्ये झन्डै एक दर्जन एकाउन्टहरूमा यस्तै कुनै विशेष थिम हाबी भएको थियो ।

द चाइल्ड माइन्ड इन्स्टिच्युटका मनोविद् डेभिड एन्डरसनका अनुसार बालबालिकाका लागि यो समस्याग्रस्त हुनसक्छ, विशेष गरी त्यस्ता बालबालिकाका लागि जोसँग भिडियो बन्द गर्न सक्ने क्षमताको कमी छ वा जसको आसपास सहयोगी वयस्कहरू छैनन् ।  उनका अनुसार त्यस्ता किशोरहरूले एउटा ‘पूर्ण हावाहुरी’ को अनुभव गर्छ सक्छन् र सामाजिक सञ्जालले ड्रग्स वा अन्य विषयलाई पस्कने तरिकाले जुन छ, त्यसले उनीहरूलाई प्रभावित गर्न सक्छ ।

धेरै शीर्षकमा इन्ट्रेस्ट व्यक्त गर्ने गरी प्रोग्राम गरिएका जर्नलका  एकाउन्टहरूलाई पनि टिकटकले कहिलेकाहीँ एकै शीर्षकमा  लैजान्थ्यो र त्यही एक विषयबारे सयौँ भिडियोहरू पठाउँथ्यो ।

फिडमा आउने दर्जनौँ भिडियोहरूले प्रयोगकर्तालाई ‘अन्ली फ्यान्स डटकम’ जस्ता पेजको लिङ्क फलो गर्न प्रेरित गरिरहेका थिए । यो सब्सक्रिप्सनमा आधारित सामाजिक सञ्जाल प्लेटफर्म हो, जहाँ यौनजन्यस सामाग्रीसहितका एडल्ट कन्टेन्ट देखाइन्छ ।

धेरैवटा विषयमा इन्ट्रेस्ट व्यक्त गर्ने एक एकाउन्टलाई टिकटकले सयौँ जापानिज फिल्म र टेलिभिजन कार्टुनहरू देखायो । १ सय ५० वटा भिडियोको एउटा लहरमा चारवटा जापानिज फिचर एनिमेसनहरू छाड्ने हो भने धेरैजसो यौन थिममा आधारित थिए । 

टिकटककी प्रवक्ताका अनुसार ‘जर्नलले तयार गरेका बट्स (स्वचालित एकाउन्ट) ले वास्तविक व्यक्तिको व्यवहार र भिडियो हेर्ने अनुभवको प्रतिनिधित्व गर्न सक्दैनन् ।’ किनकि, मानिसका इन्ट्रेस्ट विविध र परिवर्तन भइरहने खालका हुने उनको तर्क छ ।

विशेष गरी बालबालिका र युवा प्रयोगकर्ताहरूमा खराब प्रभाव पर्न नदिने गरी कसरी सुधारका काम गर्ने विषयमा टिकटकले समीक्षा गरिरहेको उनले बताइन् ।

जब प्रयोगकर्ताहरूले आफूले हेर्न नचाहेका सामाग्री देख्छन्, तब उनीहरूले ‘नट इन्ट्रेस्टेड’ बटन थिचेर त्यस्ता सामाग्री कम गर्न सक्ने उनले बताइन् ।

जर्नलले धेरैजसो एकाउन्टहरूलाई पटक–पटक यौनजन्य शब्द र तस्विरहरूसहितका भिडियो हेर्ने गरी प्रोग्राम गरेको थियो, र चाडै यस्ता एकाउन्टहरू यौनजन्य सामाग्रीको ‘र्‍याबिट होल’ मा छिरे । जसमध्ये यो एक हो ।

फिडमा आउने दर्जनौँ भिडियोहरूले प्रयोगकर्तालाई ‘अन्ली फ्यान्स डटकम’ जस्ता पेजको लिङ्क फलो गर्न प्रेरित गरिरहेका थिए । यो सब्सक्रिप्सनमा आधारित सामाजिक सञ्जाल प्लेटफर्म हो, जहाँ यौनजन्यस सामाग्रीसहितका एडल्ट कन्टेन्ट देखाइन्छ ।

अन्य पोस्टहरूले यौन पसल र स्ट्रिप क्लबको विज्ञापन गरेका थिए । अहिले हटाइएका केही भिडियोहरूमा ‘युरोपेली र अमेरिकी’ प्रेमिका खोजिरहेका युवतीहरू देखिन्थ्यो र उनीहरूको फोन नम्बर पनि राखिएको थियो ।

पेड पोर्नोग्राफीलाई प्रवर्द्धन गर्ने दर्जनौँ भिडियोहरू अहिले टिकटकबाट हटेका छन् । केही घटनामा टिकटक बनाउनेहरू पनि आफ्नो मनसायबारे स्पष्ट छन् । उनीहरूले आफ्ना भिडियो बालबालिकाले नहेरुन् भन्ने चाहेका छन् । त्यसैले उनीहरूले आफ्नो भिडियो वा एकाउन्टलाई ‘वयस्कहरूका लागि मात्रै’ भनेर लेखेका छन् । तर, यस्तो लेखिएका भिडियो पनि टिकटकले अन्य एकाउन्टमा पठाएको छ ।

२ सय भिडियोहरूको एउटा लहरमा झन्डै ४० वटा भिडियोमा ‘वयस्कहरूका लागि मात्रै’ लेखिएको थियो । समग्रमा कम्तीमा त्यस्ता २८ सय भिडियोहरू जर्नलका बालबालिका एकाउन्टमा आएका थिए ।

यौनजन्य गतिविधिको प्रवर्द्धन गर्ने यस्ता भिडियोहरूले टिकटकलाई पनि चिन्तामा पारेको छ । ‘अन्ली फ्यान्स’ मा मानिसहरू जानका लागि प्रेरित गर्ने भिडियो अति हाबी भएपछि २०२० मा कम्पनीकी चिफ अपरेटिङ अफिसर भेनिस्सा  पापास्सले कर्मचारीहरूसँग किन यस्तो भयो भनेर बैठकमा सोधेकी थिइन् ।

एल्गोरिदम्स् र १० हजारभन्दा बढी व्यक्तिहरूको संयोजनमा टिकटकले भिडियोहरू नियन्त्रण गर्ने काम गरिरहेको छ ।  कम्पनीले पछिल्लो रिपोर्टमा जनाएअनुसार गत वर्षको अन्तिम ६ महिनाभित्र ८ करोड ९० लाखवटा भिडियोहरू हटाइएका छन् । तर, टिकटक जति धेरै वृद्धि हुँदैछ, त्यति नै नियन्त्रण कठिन बन्दैछ ।

उक्त बैठकपछि सुरु टिकटकले ‘अन्ली फ्यान्स’ लिङ्क गर्ने सामाग्रीहरूमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । यस वेबसाइटका अधिकांश सामाग्री यौनजन्य छन् भन्नेमा कर्मचारीहरू विश्वस्त थिए । यस निर्णयबाट जानकार रहेको एक व्यक्तिले जर्नलसँग भनेका छन् ।

तर, यस प्लेटफर्मले यसपछि पनि यस साइटलाई लिङ्क गर्ने अनुमति प्रयोगकर्ताहरूलाई दियो । ‘अन्ली फ्यान्स’ मा सबै सामाग्री यौनजन्यमात्रै नरहेको र अन्य सामाजिक सञ्जालहरूले पनि आफ्ना कन्टेन्टमा यस साइटलाई लिङ्क गर्न दिएको अन्य कर्मचारीहरूले औँल्याएपछि यस्तो निर्णय भएको थियो ।

टिकटककी प्रयोगकर्ताको दाबीअनुसार यस प्लेटफर्मले नग्नता र यौनजन्य सामाग्रीमा रोक लगाउँछ र यौनजन्य सामाग्री हाल्ने ‘अन्ली फ्यान्स’ जस्ता साइटहरूमा प्रयोगकर्तालाई निर्देशित गर्ने एकाउन्टहरू हटाउँछ ।

यता, अन्ली फ्यान्सकी प्रवक्ताले यो साइट  १८ वर्षमाथिका व्यक्तिहरूका लागि मात्रै भएको बताइन् । टिकटक एकाउन्टहरूले यस साइटमा जानका लागि मानिसहरूलाई प्रेरित गरिरहेको विषयमा उनले कुनै प्रतिक्रिया जनाउन मानिनन् ।

नियन्त्रण नीति

एल्गोरिदम्स् र १० हजारभन्दा बढी व्यक्तिहरूको संयोजनमा टिकटकले भिडियोहरू नियन्त्रण गर्ने काम गरिरहेको छ ।  कम्पनीले पछिल्लो रिपोर्टमा जनाएअनुसार गत वर्षको अन्तिम ६ महिनाभित्र ८ करोड ९० लाखवटा भिडियोहरू हटाइएका छन् । तर, टिकटक जति धेरै वृद्धि हुँदैछ, त्यति नै नियन्त्रण कठिन बन्दैछ । टिकटकका पूर्व कार्यकारीहरूका अनुसार अहिले यस प्लेटफर्मका झन्डै १० करोड प्रयोगकर्ता अमेरिकामा छन् । जबकि, २०१९ मा यो सङ्ख्या २ करोड ५० लाख थियो ।

कम्पनीका अनुसार प्रयोगकर्ताहरूले हरेक मिनेटमा दसौँ हजार भिडियो अपलोड गर्ने गरेका छन् । आफ्नो गति कायम गर्नका लागि मोडेरेटरहरूले प्रायः अति लोकप्रिय सामाग्रीमा ध्यान केन्द्रित गर्ने गरेका छन् । अति कम भ्युज भएका भिडियोहरूको प्राय अवस्थामा पुनरावलोकन नहुने पूर्व कार्यकारीहरूले बताए ।

टिकटकले आफ्ना नियमहरू उल्लङ्घन गर्ने निश्चित खाले भिडियोको पहिचान गर्न र हटाउन तथा आफ्नो नियमलाई थप चुस्त रूपमा लागु गर्नका लागि अमेरिकामा आफ्नो एल्गोरिदम्समार्फत काम गरिने गत जुलाईमा जनाएको थियो । विगतमा टिकटकको एल्गोरिदम्सले नियम तोड्ने भिडियोहरूको पहिचान गरेको थियो । तर, त्यसलाई हटाउनुअघि मानिसहरूले एकपटक पुनरावलोकन गर्ने गरेका थिए ।

आफ्नो बट्स एकाउन्टलाई टिकटकले पठाएका सम्भावित नियमविपरीतका सयौँ भिडियोहरू जर्नलले टिकटकलाई पठाएपछि कम्पनीले यस्तो घोषणा गरेको थियो । टिकटकका अनुसार पछिल्लो वर्षदेखि उसले नयाँ प्रणालीको प्रयोग गरिरहेको छ ।

टिकटककी प्रवक्ताका अनुसार कुनै पनि एल्गोरिदम सामाग्रीहरू पूर्ण रूपमा नियन्त्रण गर्न सक्षम हुनेछैन किनकि भिडियोलाई बुझ्न सन्दर्भको मात्रा फरक हुनसक्छ । यसअघि भोजन विकारबारे प्रवर्द्धन गरिएका भिडियोहरू हटाउन पनि टिकटकले सङ्घर्ष गर्नुपरेको थियो ।

खाद्य विकारलाई प्रवर्द्धन गर्ने त्यस्ता सामाग्रीहरू एपमा प्रतिबन्धित भए पनि टिकटकले जर्नलको एकाउन्टमा पठाइरहेको थियो ।

अमेरिकामा विशेष गरी केही कडाइहरू हटाउने कम्पनीको निर्णयका कारण यस्ता सामाग्रीहरूमाथि नियन्त्रण राख्न कठिन भएको कम्पनीका पूर्व कार्यकारीहरू तथा कन्टेन्ट मोडेरेटर्स बताउँछन्, जस्तो, पछिल्ला वर्ष छाला र बिकिनी प्रदर्शन गर्न छुट छ ।

नतिजास्वरुप प्लेटफर्ममा धेरै यौन उत्तेजक भिडियो देखिने गरेको छ ।

प्रयोगकर्ताहरूको फेरिँदो व्यवहार र उद्योगका मान्यतालाई ध्यानमा राखेर कम्पनीका नीतिहरू परिवर्तन हुँदै आएको प्रवक्ताले बताइन् । टिकटकका प्रयोगकर्ताहरू पुराना र धेरै विविध हुन थालेसँगै कम्पनीले पनि नयाँ र फरक कन्टेन्टको अपेक्षा गर्ने उनले बताइन् ।

र, बालबालिका प्रयोगकर्ताका लागि रजिस्टर्ड गरिएको बट एकाउन्ट किन यौनजन्य गतिविधिका लागि प्रेरित गर्ने सामाग्रीतर्फ गइरहेको छ ?

जर्नलको एकाउन्टमा देखिएका अतिवादी भिडियोमध्ये यो एक हो । धेरै भिडियोहरूले उच्छृङ्खल यौन गतिविधि, यौन हिंसा र बलात्कारका काल्पनिक पक्षबारे  वर्णन गरेका छन् । एउटा बिन्दुमा एकाउन्टको ९० प्रतिशतभन्दा धेरै भिडियो फिडमा यौन सम्बन्धी सामाग्री मात्रै थियो ।

बालबालिकाहरूको एकाउन्टमा देखाइएका १२ सय ७६ भिडियोमध्ये अहिले ६ सय १६ वटा भिडियो एपबाट हटाइएका छन् ।

 पद्धति

धेरै महिनाको अवधिमा वाल स्ट्रिट जर्नलले १ सय वटा टिकटक एकाउन्ट तयार गर्‍यो । यी एकाउन्टहरू थोरै मात्र मानवीय हस्तक्षेपमा सञ्चालित भएका थिए । ३१ वटा एकाउन्टहरू १३ देखि १५ वर्षका प्रयोगकर्ताको नाममा दर्ता थियो । एकाउन्टलाई निर्देशित गर्न र उनीहरूको व्यवहार विश्लेषणका लागि जर्नलले सफ्टवेयर पनि तयार गरेको थियो । यी एकाउन्टहरूमा जन्म दिन र आईपी एड्रेस उल्लेख थियो । धेरैजसो एकाउन्टहरूलाई कि वर्ड टर्मसहित इन्ट्रेस्ट दिइएको थियो । त्यस्तै, तस्बिरहरूको वर्गीकरण पनि यी एकाउन्टले गर्न सक्थे । यदि आफ्नो इन्ट्रेस्ट मिलेमा एकाउन्टहरू ती भिडियोमा बस्थे । अन्यथा, एकाउन्ट तत्कालै अर्को भिडियोमा जान्थ्यो । जर्नलले भिडियो, थम्बनेल तस्बिर, हरेक भिडियोसँग जोडिएको डिस्क्रिप्सन टेक्स्ट र मेटाडाटा पनि संकलन गर्‍यो । र, त्यसको चेकजाँचमा सहयोग पुर्‍याउन आन्तरिक एनालाईसिस टुल्स पनि सिर्जना गर्‍यो । अन्त्यमा, यी एकाउन्टहरूले झन्डै ४ लाख भिडियो नियाले । यसमध्ये १३ देखि १५ वर्षभित्रका प्रयोगकर्ताका नामबाट खोलिएका एकाउन्टले झन्डै १ लाख भिडियो नियालिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप